सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले दिए गौरा पर्वको शुभ कामना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरा पर्वको विशिष्ट पहिचान रहेको बताएका छन् ।

आज प्रदेशवासीका नाममा शुभकामना सन्देश दिँदै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संगमको स्थल भएको बताए ।

janjyoti campus

उनले परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिकता र पौराणिकता रहेको बताए । ‘गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास बोेकेको छु’, उनले भने, ‘यो पर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम गराई राख्नेछ भन्ने विश्वास लिएको छु।’

देश विदेशमा रहेका सुदूरपश्चिवासीलाई उनले गौरा पर्वका अवसरमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

ghar sansar
सम्बन्धित
Loading...