महेन्द्रनगर । भीमदत्त नगरपालिकामा सुरु गरिएका दुई नयाँ कार्यक्रम उद्घाटनमा मेयर पदम बोगटी आफैं अनुस्थित भएका छन् ।
भीमदत्त नगरपालिकाको नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेट अनुसार नगरपालिका क्षेत्रमा गर्भतवी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्य जाँच गर्ने कार्यक्रम थालिएका हुन् ।
भीमदत्तका मेयर बोगटीले निर्वाचित भएपछि यी दुई कार्यक्रम अघि बढाउने निर्णय पहिलो कार्यकालिका बैठकबाट गराएका थिए । उनले स्थानीय तह निर्वाचनमा यी दुई प्रतिवद्धता गरेका थिए ।
बोगटी निर्वाचित भएपछि गत असारमा सम्पन्न नगर सभाबाट यी दुई कार्यक्रमलाई नगर सभाबाट पारित गरिएको छ । ती दुबै कार्यक्रम नगरपालिकामा सुरु गरिएका छन् ।
शनिबार सुरु गरिएको सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम सुरु गरिएको छ । महाकाली प्रादेशिक अस्पतालबाट भीमदत्त नगरपालिका ७ का सुत्केरी महिलालाई घरसम्म पुगाएर सेवा सञ्चालन गरिएको छ ।
निःशुल्क सेवा सञ्चालन कार्यक्रममा उप मेयर निमल लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, प्रवक्ता महेन्द्र खड्का लगायतका वडा अध्यक्ष सहभागी भएका छन् ।
मेयर बोगटी भने कार्यक्रममा अनुस्थित भएका छन् । उनी जिल्ला बाहिर भएकाले सहभागी नभएका हुन् । शनिबार मेयर बोगटी हेटौडा गएका छन् । उनी हेटौंटा हिँडेपछि कार्यक्रम सुरु गरिएको छ ।
भीमदत्तका प्रवक्ता महेन्द्र खड्काले मेयर बोगटी हेटौंडा गएकाले सहभागी हुन नसकेको बताए । ‘वहाँ आजै नगरपालिकाको कामले हेटौँडा जानु भयो। त्यस कारण सहभागी हुन सक्नु भएन’ उनले भने ।
यस अघि भीमदत्त नगरपालिका ८ तिलाचौरबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गराउने कार्यक्रम उद्घाटनमा पनि मेयर बोगटी अनुपस्थित भएका थिए । उनी काठमाडांैमा भएका बेला कार्यक्रम सुरु गरिएको थियो ।
भीनपा ८ बाट सुरु गरिएको कार्यक्रम वडा नं. १६ मा गरिएको छ । कार्यक्रम सुरुव गर्दा मेयर बोगटी काँग्रेसको नीति तथा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन काठमाडौं गएका थिए । उनी काठमाडौंमा भएपछि उप मेयर लेखक सहित प्रमुख प्रशासकीय अधिकृत गौलीले उद्घाटन गरी सुरुवात गरेका थिए ।
काँग्रेस कञ्चनपुरका जिल्ला सभापति बोगटीले भीमदत्त नगरपालिकाको नेतृत्व सम्हालेको तीन महिना बढी पुगेको छ । स्थानीय तह निर्वाचनमा उनी उप मेयर सहित बहुमत वडामा जित हात पारेर भीमदत्तमा आएका छन् । आफैंले निर्वाचनमा घोषणा गरेका कार्यक्रममा भने अनुपस्थित भएका छन् ।
शनिबारदेखि सुरु गरिएको एम्बुलेन्स सेवा कार्यक्रम नगरपालिकाको नीति तथा कार्यक्रम बजेट अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गौलीले बताए ।
‘यो नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको थियो, त्यस अनुसार स्वास्थ्य संस्थामा ल्याउन र लैजाने गरी सेवा दिएका हौ’ उनले भने,‘पायक पर्ने बर्थिङ्ग सेन्टर, महाकाली अस्पतालमा सिधै आउनेलाई सेवा दिन्छौ ।’
भीमदत्त नगरपालिकाको एम्बुलेन्स बाहेक नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, जिमुवा स्वास्थ्य चौकी र महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स भाडामा लिने सम्झौता गरिएको छ ।
भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले एम्बुलेन्स नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर निःशुल्क रुपमा सेवा दिइएको बताइन् ।
‘एम्बुलेन्स अभावका कारण कुनैपनि महिला तथा शिशुले ज्यान गुमाउन नपरोस भनेर सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘यो हाम्रो चुनावी प्रतिवद्धता पनि हो, जनतासंग गरेका सबै प्रतिवद्धता यसरी नै पूरा गर्दै जान्छौ ।’