ghar sansar

दलित समुदायका महिलाको पुजापाठ नगर्ने पुजारी विरुद्ध जातीय भेदभाव तथा छुवाछुत अपराध मुद्दामा जाहेरी दर्ता

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दामा जाहेरी दर्ता भएको छ ।

ऋषि पञ्चमीका दिन घाटमा पुजापाठ गर्न गएका महिलाहरुलाई भीमदत्त नगरपालिका १० का सहदेब भट्ट विरुद्ध भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायतले जोहरी दिएका हुन् । जाहेरी दर्ताका लागि उनीहरु अधिकारकर्मी सहित आइतबार विहान प्रहरी कार्यालय पुगेका थिए ।

,orning glory badhai

ब्रताल महिलाले पुजापाठका लागि आग्रह गर्ने पुजारीले गोत्र सोध्दा थर खुलेपछि उनी पुजापाठ नगर्ने भन्दै पन्छिएका थिए । उनले भगवानले नै जात छुट्याएकाले आफूले पूजापाठ नगर्ने भनेको भिडियो सार्वजनिक भइ सकेको छ ।

dirghayi clinic

महिलाहरुले सार्वजनिक स्थानमा पुजारीले आफूहरुमाथि संविधान र ऐन कानुन विपरित जातीय रुपमा विभेद गरी पुजापाठ गर्न अस्वीकार गरिएको भन्दै कारवाहीका लागि जाहेरी दिएका हुन् ।

‘सार्वजनिक स्थानमा कुनै पनि नागरिकलाई जातीय रुपमा विभेद र छुवाछुत गर्न मिल्दैन, यो दण्डनीय अपरोध हो’ पीडित नेपालीले भनिन्,‘कानुन अनुसार न्याय पाउन र दोषीलाई कारवाही गर्न प्रहरीमा जाहेरी दिएका छौ ।’

यस अघि उनीहरुले बिहीबार नै प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई भेटेर पुजारीमाथि कारवाही गर्न आग्रह गरेका थिए ।
अधिकारकर्मी शिवीराज रानाले संविधानको व्यवस्था अनुसार प्रहरीमा जाहेरी दर्ता गरी न्याय पाउन कानुनी प्रक्रियामा गएको बताए । ‘संविधान अनुसार पीडितलाई न्याय दिलाउन कानुन शरणमा गएका छौ’ उनले भने ।

अधिकारकर्मीहरुले प्रहरीमा जाहेरी दर्तापछि पीडित महिलाहरुले न्याय पाउने आशा राखेका छन् । ‘जातीय विभेद विरुद्ध पीडितले जाहेरी दर्ता गराउनु भएको छ, आवश्यक कानुनी कारबाही सम्बन्धित निकायबाट हुनेछ’ अधिकारकर्मी कविता जैरुले भनिन्, ‘ अपराधको कुनै धर्म, जात ,वर्ग हुँदैन उसले जस्तो अपराध गरेको छ त्यसको प्रकृति अनुसार उसलाई कारवाही हुनु पर्छ ।’

जातीय विभेद तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ (पहिलो संशोधन) मा कसुरको आधारमा बढीमा तीन महिनादेखि तीन वर्ष कैद र ५० हजार रुपैँयादेखि दुई लाख रुपैँयासम्म जरिवना हुने व्यवस्था छ ।

Himal dental
सम्बन्धित
Loading...