ghar sansar

एक सय दिनमा गरिएका काम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न पनि डरायो भीमदत्त, प्रवक्ता भन्छन्– मेयर जिल्ला बाहिर भएकाले प्रेस विज्ञप्ति मार्फत गर्यौ

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका जनप्रतिनिधले पदभार सम्हालेको एक दिनमा गरेका काम प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले विज्ञप्ति प्रकाशित गरी ती काम सार्वजनिक गरिएका हुन् ।

नगरपालिका पदभार सम्हालेपछि बसेका दुई कार्यपालिका बैठकका निर्णय भने पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका थिए । त्यसपछिका कार्यपालिका निर्णय पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका छैन । भीमदत्तमा हालसम्म चार ओटा कार्यपालिका बैठक बसेका छन् । पहिलो दुई बाहेकका अन्य तीन बैठकका निर्णय बाहिर आएका छैनन् ।

ratnam malkhad

जनप्रतिनिधिले एक सय दिनमा गरेका कामकाज पनि पत्रकार सम्मेलन नगरी प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । स्थानीय तह निर्वाचित भएपछि भीमदत्तका मेयर पदम बोगटी सहित जनप्रतिनिधिले गत जेठमा पदभार सम्हालेका थिए ।

पदभार सम्हालेपछि उत्साहित भएका भएका मेयरले पत्रकार सम्मेलन गरी कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेका थिए । मेयर बोगटी एक सय दिनमा आफूले गरेका काम पत्रकार बोलाएर सार्वजनिक गर्न नसक्ने अवस्थामा पुगेका छन् । नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी सय दिनमा गरिएका काम सार्वजनिक गरेको छ ।

सय दिनमा मेयर बोगटीले दुई ओटा नयाँ कार्यक्रम थालनी गरेका छन् । स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार उनले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र घरदैलोमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएका छन् । भीमदत्तको नगपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरिएका यी दुई कार्यक्रम मेयर बोगटीले नयाँ ल्याएका हुन् ।

एक सय दिन गरिएको कामको सूचीमा यी दुई काम पहिलो र दोस्रो नम्बरमा राखिएका छन् । यीमध्ये गर्भतवी महिलाका लागि एम्बुलेन्स सेवा शनिबारदेखि सुरु गरिएको थियो ।

रेडक्रस सोसाइटीको सहयोगमा रत्तदान कार्यक्रम, पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा, साक्षर नगरपालिका घोषणा, शैक्षिक पाश्र्वचित्र निर्माण लगायतका कार्य गरिएका छन् । नगर प्रवक्ता खड्काले सार्वजनिक गरेका सूचीमा डेढ दर्जन कार्य उल्लेख गरिएका छन् ।

भीमदत्तका मेयर बोगटी र उप मेयर केही विवादमा मुछिएकाले पत्रकार सम्मेलन नगरी प्रेस विज्ञप्ति मार्फत एक सय दिनमा गरिएका काम सार्वजनिक गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।

उनीहरुका अनुसार मेयर र उप मेयर दुबै महिला जनप्रतितिधिका लागि पोशाक खरिद, मेयरका निजी चालकलाई नगरपालिकाबाट तलब भत्ता खुवाएको र केही कर्मचारी नियुक्ति विवादमा मुछिएका छन् । पत्रकार सम्मेलनमा पत्रकारहरुले यी विवादबारे प्रश्न उठाउने भएकाले विज्ञप्ति सार्वजनिक गरिएको छ ।

‘यी विवादपछि कार्यपालिकाका निर्णय त बाहिर ल्याउनु त सकेको छैन, यी काम बाहिर ल्याउने त कुरै भएन’ ती जनप्रतिनिधिले भने ।

भीमदत्तका प्रवक्ता खड्काले मेयर बोगटीले जिल्ला बाहिर भएकाले पत्रकार सम्मेलन नगरी प्रेस विज्ञप्ति मार्फत एक सय दिनमा गरिएका काम सार्वजनिक गरिएको बताए ।

‘मेयर साप बाहिर हुनु हुन्छ, प्रेस विज्ञप्ति मार्फत नै सार्वजनिक ग¥यौ, आगामी दिनमा पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरौला’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...