
महेन्द्रनगर । नेकपा (एमाले ) सम्बद्ध प्रेस चौतारी नेपाल कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा संगठन छाडेर माओवादी केन्द्रको प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । पुनर्वास क्षेत्रमा दुई दशकदेखि पत्रकारिता सक्रिय विश्वकर्मा सोमबार सेन्टरमा गएका हुन् ।
प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनीहरुले बताए । रैकबार खबरका सम्पादक विश्वकर्मा पुनर्वासका स्थानीय पनि हुन ।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गर्ने विश्वकर्मालाई स्वागत गरेका छन् ।
