दोधारा । दोधारा चाँदनी नगरपालिकाका हात्ती पीडित बस्ती बडुवाल टोलमा सामाजसेवी भीम कुमालले हात्तीबाट जोगाउन टर्चलाईट वितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ बडुवाल टोलमा सामाजसेवी कुमालले स्थानीयलाई २० थान चार्जिङ टर्च सहयोग गरेका छन् ।
तीन सातादेखि टोलमा हात्तीले आतंक मच्चाउदै आएको छ भने उनिहरुले लगाएको धान तथा मकै बाली नष्ट गर्दै आएको छ् । भिम कुमालले आफ्नो ब्यक्तीगतरुपमा स्थानियहरुको ज्यानको सुरक्षार्थ टर्च बितरण गरेको बताएका छन् ।
मध्यरातको समयमा भारतको जंगलबाट भित्रिएको जंगली हात्तीको बथानले झण्डै २ बिघाह भन्दा बाढी स्थानियहरुको किसानहरुको धान तथा मकै बाली उधिनेर तथा खाएर नष्ट गर्दै आएको छ् । किसानको अन्नवाली नष्ट गर्न थालेपछि बस्तीमा भोकमरी हुने सम्भावना बढेर गएको बताईएको छ् ।
संचारमाध्यममा बडुवाल टोलको हात्तीको आतंकको सामाचार आउदै गर्दा सामाजसेवी कुमालले उनीहरुको ज्यान जोगाउन गरेको सहयोग अतुलनिय रहेको स्थानीयले बताए ।
समाजसेवकी कुमालले जंगली हात्तीले आतंक रोक्न समेत छलफल समेत गरेका थिए । समस्यामा परेका समयमा आफूले सहयोग गरेको कुमालले बताए ।
‘पिडामा रहेको अवस्थामा मानविय नाताले समेत सहयोग गर्नु सबैको कर्तब्य हो’ सामाजसेवी कुमालले भने । कार्यक्रममा भक्त बहादुर सुनार, धन लाल दमाई लगायत स्थानीय सहभागी भएका छन् ।