प्रमुख अतिथि भएर पनि मुक्त हलियाको कार्यक्रममा गएनन् अर्थ मन्त्री रावल, नगरपालिका गोलघरमा अर्को संस्थाको यसरी बुझे ज्ञापन
महेन्द्रनगर । भीमदत्त नगरपालिकाको सभा कक्षमा गरिएको १४ औं मुक्ति दिवसमा प्रमुुख अतिथि भएर पनि सहभागी नभएका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल सडक सुरक्षाको ज्ञापन पत्र बुझेका छन् । भीमदत्त नगरपालिकाको गोलघरमा कार्यक्रम गरी मन्त्री रावल र भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाईको छ ।
गोलघर नजिक नगर सभा कक्षमा त्यस अघि मुक्ति दिवसको कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्त्री रावल र उप मेयर जोशी दुबैलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रमको अन्तिमसम्म मन्त्री रावललाई कुरेका आयोजकल उनी नआएपछि अन्तिममा विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरालाई उनी बोलेपछि प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन गरेको थियो ।
बोहराले उद्घाटन गरेपछि कार्यक्रमका सभापति हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी विकले कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा सञ्चालकले मन्त्री रावललाई प्रमुख अतिथि र उप मेयर जोशीलाई अतिथिका रुपमा मञ्चमा आशन ग्रहण गराएका थिए । उनी कार्यक्रममा सहभागी हुने आशमा अन्तिमसम्म कार्यक्रम उद्घाटन नगरी सञ्चालन गरिएको थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि बोहरा भने आयोजकले बोलाएको समयमा कार्यक्रम स्थलमा पुगेका थिए ।
भीमदत्तका उप मेयर कार्यक्रममा नआएपछि प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली समापनपछि पुगेका थिए । उनलाई आयोजकले खादा ओढाएर स्वागत गरेको थियो ।
मुक्ति दिवस कार्यक्रम सकिएको केही छिनपछि मन्त्री रावल सुदूरपश्चिम सडक सञ्जालले सडक सुरक्षाका लागि ज्ञापन बुझ्न नगरपालिका पुगेका हुन् ।
सञ्जालका पदाधिकारीले भीमदत्त नगरका उपमेयर निलम लेखक र सुप प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीलाई ज्ञापन पत्र बुझाएको सञ्जालका अगुवा रामचन्द्र बुडाले बताए ।