ghar sansar

कञ्चनपुर २ ख बाट उम्मेदवार सिफारिश एमाले नेता रानाले भेटे कबड्डीका खेलाडी, खेलाडीलाई खानाका लागि सहयोग गर्ने प्रतिवद्धता

khasi

महेन्द्रनगर । संविधान सभा सदस्य कृपाराम रानाले कबर्ड हलस्थित कबड्डी प्रशिक्षण केन्द्रका प्रदेश स्तरीय प्रतियोगिताका लागि तयारी गरि रहेका खेलाडीसित भेटघाट गरेका छन् । प्रशिक्षण केन्द्रमा पुगेर उनले खेलाडीसित भेटघाट गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

नवौ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत भदौ ३१ गतेदेखि हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि अहिले खेलाडीहरु तयारी गरि रहेका छन् । त्यसमा पुरुष र महिला दुबै टीमका खेलाडी तयारीमा छन् ।

‘खेलकूद राष्ट्रको पहिचान हो, यो क्षेत्रलाई राज्यले सधैं विशेष प्राथमिकता दिनु पर्छ’ उनले भने,‘तपाईहरु राम्ररी तयारी गर्नु होस, यो क्षेत्रलाई चिनाउनु होस, देशका लागि गौरब बन्नु होस, शुभ कामना दिन चाहन्छु ।’

dirghayi clinic

संविधान सभा सदस्य रानाले भेटघाटका क्रममा सबै खेलाडीसित परिचय समेत गरेका छन् । उनीसंगै कबड्डी प्रशिक्षक बिष्णुदत्त भट्ट सहित कबड्डी संघका उपाध्यक्ष रमेश चन्द्र ओझा सहित गणेशदत्त भट्ट, महेश विष्ट लगायतका सहभागी भएका छन् ।

कबड्डी प्रशिक्षक भट्टले खेलाडीको तयारी सम्बन्धी संविधान सभा सदस्य रानालाई जानकारी गराएका छन् । प्रशिक्षण केन्द्रमा खेलाडीलाई खाना खुवाउन पनि अप्ठेरो अवस्था आएको दुखेसो पोखे ।

‘प्रतियोगिताको तयारीमा छौ, खेलाडीलाई यतै बसालि रहेका छौ, अस्ति त खुवाउन पनि सबैबाट पैसा उठायौ, यसका लागि केही छैन’ उनले भने,‘प्रदेशको प्रतियोगितासम्म जानसम्मका पनि खाना खुवाउन समस्या पर्ला जस्तो छ ।’

संविधान सभा सदस्य रानाले खेलाडीहरु प्रदेश प्रतियोगितामा जान अघिसम्मका खानाका लागि सहयोग गर्ने बताए । ‘वहाँहरु प्रदेश प्रतियोगितामा जान अघिसम्म के कति चामल लाग्छ, म सहयोग गर्छु’ उनले भने,‘खेलाडीलाई कुनै पनि हालतमा राज्यले यसरी समस्यामा पार्न राम्रो हुँदैन ।’

संविधान सभा सदस्य राना आगामी निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं २ ख बाट सर्वंसम्मत उम्मेदवार सिफारिश गरिएका छन् । उनी एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चर्जा हुन् ।

Himal dental
सम्बन्धित
Loading...