ghar sansar

दार्चुलामा बाढी पहिरोको वितण्डा, पाँच जनाको मृत्यु

dirghayu ad

महेन्द्रनगर । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।

अविरल वर्षासँगै गएराति आएको पहिरोले घर लैजाँदा नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो। नौगाड गाउँपालिका १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहा मगरले जानकारी दिए। पहिरोले यहाँ १२ घर पूर्णरूपमा क्षति पुगेको छ ।

ratnam malkhad

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरू दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुखमगरले जानकारी दिए। उनीहरूको खोजी भइरहेको छ ।

डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलमा पूरै क्षति पु¥याएको छ । पावर हाउस बगाएको छ । निर्माणाधीन खार–खलंगा सडकमा प्रयोग भएको जेसीभी पनि बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिंकर सडकअन्तर्गत रिङलतालदेखि कलौन भीरसम्म सडक अवरुद्ध भएको छ ।

दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिंकरसडकमा पूर्णरूपमा क्षति पुगेको छ ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन ।

महाकाली ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिंकर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए।उनका अनुसार पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ ।

Himal dental
सम्बन्धित
Loading...