ghar sansar

नेकपा बहुमतका नेता ऐरी भन्छन्– जातीय कोटा कोटा देखाएर जनता भड्काउन भन्दा व्यवस्था विरुद्ध संघर्ष गरौ

khasi

महेन्द्रनगर । नेकपा बहुमतको सहायक संगठन जन स्वयम् संघ कञ्चनपुरका इन्चार्ज दिपेन्द्र ऐरीले दलित समुदायलाई कोटा देखाएर जनता भड्काउन खोजिएको भन्दै संविधान र व्यवस्था विरुद्ध संघर्ष गर्न आव्हान गरेका छन् । उनले जातीय आधारमा कोटा खारेज गरी वर्गीय आधारमा लागू गर्न पर्ने माग पनि गरेका छन् ।

दलित वर्षौैदेखि कथित उपल्ला जातीबाट अत्याचार सहँदै आएकाले कोटा दिइएको उल्लेख गर्दैै उनले त्यस्ता कोटा आदिवासी जनजाति, अपाङ्ग, मधेसी, दुर्गम क्षेत्र र महिलाका लागि छुट्याएको बताएका छन् ।

dirghayi clinic

‘दलित समुदाय विगत लामो समयदेखि कथित माथिल्ला भनौदाहरुबाट दमन अत्याचार सहदै आएको समुदाय हुनाले कोटा निर्धारण गरेको हो होईन, जातीय कोटा बनाएर जनता भड्काउन खोज्ने संविधान र व्यवस्था विरुद्ध सशक्त संघर्ष गरौँ’ उनले भने,‘यदि मदन चौक जस्ता चौकहरुमा उत्रिने हो भने संविधान र व्यवस्था का विरुद्ध आन्दोलन गरौँ । र नारा लगाऔ ।’

महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाहरुको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी पक्राउ परेपछि फेसबकमा दलित समुदायका लिइएको सरकारी सेवामा दिइएको कोटा विरोध गरिएको छ । त्यस विरोधलाई मध्यनजर गरी नेता ऐरीले देश आरक्षणले नभई निम्न अवसरवादी सोच र निम्न पूजीवादी चिन्तनले बिगारेको धारणा राखेका छन् ।

‘ए कञ्चनपुर तथा देश बासी हो, आरक्षणले बिगारेको हैन निम्न अवसरवादी सोचले बिगारेको हो,निम्न पुजीवादी चिन्तनले बिगारेको हो’ उनले फेसबुकमा भनेका छन्,‘शायद ब्राहमण कोटा भएको भए ब्राह्मणहरु पनि उपयोग गर्नु नै हुन्थ्यो, क्षेत्री कोटा भएको भए तपाईहरु पनि उपयोग गर्नु हुन्थ्यो ठकुरी कोटा भए ठकुरी पनि उपयोग गर्थे होला ।’

उनले जातीय आधारका कोटा बन्द गरी वर्गीय आधारमा हुनु पर्ने र सामाजिक सुरक्षा शान्ति समानता कायम हुनु पर्नेमा जोड दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...