महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट निर्वाचत भएका छन् । संघको १४ औं अधिवेशनको सार्वजनिक अन्तिम मत परिणाम अनुसार भट्ट १ सय ५५ मत ल्याएर भट्ट अध्यक्ष विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीले १ सय ९ मत ल्याएका छन् । संघमा सचिव र सह कोषाध्यक्ष बाहेक सबै पदाधिकारी भट्ट प्यानलका निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । उनले १ सय ४९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी अमर बहादुर बमले १ सय ४ मत ल्याएका छन् ।
उपाध्यक्षमा देब बहादुर चन्द १ सय ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनकी प्रतिद्वन्द्वी शक्ति विष्टले ८८ मत पाएका छन् ।
महासचिवमा योगेन्द्र ठकुराठीले अमर मल्ललाई पराजित गरेका छन् । ठकुराठीले १ सय ६३ र मल्लले ९५ मत ल्याएका छन् ।
सचिवमा सूर्य बहादुर चन्द निर्वाचित भएका छन् । उनले हेम महरालाई ११ मतले पराजित गरेका छन् । चन्दले १ सय ३२ र महराले १ सय २१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा १६ मतले दिपक भट्ट निर्वाचित भएका छन् । निर्वाचित भट्टले १ सय २९ र उनका प्रतिद्वन्द्वी तेज चन्दले १ सय ६ मत ल्याएका छन् ।
सह कोषाध्यक्षमा यज्ञराज वैज १ सय ४२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी विष्णु बहादुर सिह १ सय १५ मत ल्याएका छन् ।
संघको १४ औं अधिवेशनमा शनिबार विहान १० बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । संघको अध्यक्षमा निर्वाचित भट्ट यस अघि तीन पटक चुनाव हारि सकेका छन् । उनी यस पटक अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि अध्यक्ष भट्टले संघमा सदस्य र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गरि सकेका छन् ।