ghar sansar

चौथो प्रयासमा निर्माण व्यवसायी संघको नेतृत्व पाउने निरञ्जन 

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको नेतृत्वका लागि तीन पटक पराजित निरञ्जन प्रसाद भट्टले चौथो पटक सफलता हात पारेका छन् । चौथो पटकको प्रयासमा व्यवसायी भट्टले संघको नेतृत्व गर्ने आफ्नो धोको पूरा गरेका छन् । 

संघको १४ औं अधिवेशनमा प्रतिस्पर्धी निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीलाई पराजित गरी उनी अध्यक्ष भएका छन् । भट्ट १२ औं अधिवेशनमा संघको वरिष्ठ उपाध्यक्ष भएका थिए । संघको सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष भएका उनी अहिले अध्यक्ष निर्वाचित भएका छन् ।

Anant bahu travels

‘यो संघको हामी सबै व्यवसायी भई सकेपछि सबैको एक पटक संघको नेतृत्व गर्ने चाहना हुन्छ, त्यो ममाथि स्वभाविक थियो, तीन पटकसम्म लडे, साथी  भाईले जिम्मेवारी दिनु चाहनु भएन’ उनले भने,‘यस पटक सबैको साथ सहयोगले अध्यक्ष भएको छु, त्यहीं विश्वास अनुसार जिम्मेवारी निभाउँछु ।’

यस अघि १३ औं अधिवेशनमा निवर्तमान अध्यक्ष प्रेम प्रकाश भट्टसित पराजित उनी त्यस अघि पूर्व अध्यक्षद्वय गजेन्द्र चन्द र रामदत्त लेखकसित पराजित भएका थिए । तीन पटक पराजित हुँदा पनि संघको नेतृत्व गरेर छाड्ने अठोट लिएर अघि बढेका भट्ट यस पटक सफल भएका छन् ।

dirghayi clinic

संघमा पराजित भई सकेपछि पनि आफूले सबै व्यवसायीसित रिसरागको भावना नराखेकोले यस पटक जिम्मेवारी दिइएको उनले बताए । ‘मैले कसैसित रिसराग राखेन, द्धैषको भावना राखेन, सबैलाई सत्कार नै गरे, ‘त्यस कारण यस पटक निरञ्जनलाई ल्याउनु पर्छ भन्ने सबैलाई लाग्यो, सबैलाई आदर सत्कार गरे, त्यसको फल पाए ।’

संघको १२ औं अधिवेशनसम्म अध्यक्ष भट्ट  र उनका प्रतिस्पर्धी अवस्थी एकै प्यालनबाट उम्मेदवार भएका थिए । भट्ट वरिष्ठ हुँदा अवस्थी उपाध्यक्ष भएका थिए । १३ औं अधिवेशन पुग्दासम्म उनीहरु दुबै जना अलग हुन पुगेका थिए । भट्टले अध्यक्षमा चुनाव लड्दा अवस्थी निवर्तमान अध्यक्ष प्रेमप्रकाश भट्टको प्यानलबाट वरिष्ठ उपाध्यक्ष भएका थिए ।

वाइआर कन्स्ट्रक्सनका सञ्चालक भट्ट तीन दशकदेखि निर्माण व्यवसायमा सक्रिय छन् । हक्की र प्रष्ट विचार राख्ने भट्ट भवन, सडक, सिँचाई लगायतका निर्माणका लागि परिचित छन् । 

अध्यक्ष भट्ट सुदूरपश्चिम निर्माण व्यवसायी संघमा महासचिव भइ सकेका छन । उनी निर्माण क्षेत्र बाहेक सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

उनी उदयदेव सहकारी संस्था आावद्ध छन् । निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उनी २०७८ मा जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...