ghar sansar

माओवादी नेता नेतृत्वको खानेपानी समितिबाट अन्याय पूर्वक हटाइए दुई पुराना कर्मचारी, न्यायका लागि गुहारे जिफन्ट

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीस्थित भगतपुर निम्बुखेडा खानेपानी सरसफाई उपभोक्ता समितिबाट हटाइएका दुई कर्मचारीले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गुहारेका छन् ।

समितिले दुई सातादेखि सुरुदेखि कार्यरत श्याम चौधरी र शारदा कुमार चौधरीलाई विना कारण जागिरबाट हटाएको थियो । उनीहरुलाई हटाउन अघि समितिले पाँच जना नयाँ कर्मचारी नियुक्त गरेको थियो ।

,orning glory badhai

समितिले विना कारण आफूहरुलाई अन्याय पूर्वक हटाएको भन्दै उनीहरु जिफन्टको भीमदत्त नगर कमिटीमा निवेदन दिएका छन् । समितिले हटाइएका चौधरीद्वय लोग्ने स्वास्नी हुन् । उनीहरु २०७३ देखि समितिमा कार्यरत छन् ।

जिफन्टमा दिइएको निवेदनमा उनीहरुले आफ्ना मान्छे कर्मचारी राखेपछि आफूहरुलाई हटाउने बहाना खोजिएको बताएका छन् । त्यसका लागि समितिका पदाधिकारीले क्वाटरमा गाई बाख्रा पालेको बहाना बनाएर स्पष्टीकरण सोधेर जागिरबाट हटाइएको उल्लेख गरेका छन् ।

समितिका अध्यक्ष गणेश सिह धामीले भदौ १५ गते कर्मचारीद्वयलाई जागिरबाट हटाएकाले क्वाटर खाली गर्ने निर्देशन सहित सूचना सार्वजनिक गरेका थिए । उनीहरुलाई भने १० दिन चौधरीलाई जागिरबाट हटाउन हप्काएको निवेदनमा उल्लेख गरेका छन् ।

dirghayi clinic

समितिका अध्यक्ष धामी सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता हुन् । समितिमा धामी सहित अधिकाँश पदाधिकारी र सदस्य सबै माओवादीका नेता कार्यकर्ता छन् । 

‘मलाई भदौ ५ गते क्वाटरभित्र गाई बाख्रा पाल्छन्, क्वाटरको काम गर्दैनस भनेर हप्काई दप्काई गरी क्वाटरको चावी नदिई काम गरे भन्ने गरेको’ निवेदनमा भनिएको छ,‘तत्पश्चात् मलाई काम गरेन भनी स्पष्टीकरण सोधेको, कुनै कारण नबुझीलाई सूचना निकाली नयाँ कर्मचारी नियुक्त गरेकोले अन्यत्र ठाउँमा बस्ने मेरो कुनै ठेगाना समेत नभएको, रोजगारी नभएको र मेरो कुनै सुनुवाई नगरी आफ्ना मान्छे भर्ना गरी ममाथि अन्याय भएको छ ।’

चौधरीद्वयले समितिका पदाधिकारीले आफ्ना मान्छे भर्ना गरी आफूहरुलाई बेरोजगार बनाएर अन्याय गरिएको निवेदनमा दुखेसो पोखेका छन् ।

जिफन्टका नगर अध्यक्ष शंकरदत्त जोशीले चौधरीद्वको निवेदन आएपछि न्यायका लागि पहल गरिएको बताए ।

‘समितिले सुरुदेखि राखेका कर्मचारीलाई यसरी विना कारण हटाउन अन्याय नै हो, यो गर्नु ठिक होइन’ उनले भने,‘त्यसका लागि संगठनले दबाव दिन्छ, न्याय दिलाउन लाग्छ ।’

समितिले हटाएकामध्ये श्याम चौधरी प्लम्बर र उनकी धर्मपत्नि चौकरीदार हुन् । दुई वर्षसम्म विना तलब काम गरेका चौधरीलाई २०७५ देखि ५ हजार त्यसपछि ९ हजार तलब दिने गरिएको थियो । उनकी श्रीमतिलाई गत वर्षदेखि मात्रै ६ हजार तलब दिइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...