ghar sansar

५८ औं राष्ट्रिय बाल दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पुनर्वास प्रथम, भीमदत्त दोस्रो र दोधारा चाँदनी भए तेस्रो

little buddha academy
khasi

महेन्द्रनगर । ५८ औं राष्ट्रिय बाल दिवसमा अन्तर पालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता गरिएको छ । नेपाल बाल संगठन कञ्चनपुरले आयोजना गरेको प्रतियोगितामा ६ पालिकाका विद्यार्थीले भाग लिएका छन् ।

बाल संगठनमा गरिएको प्रतियोगितामा पुनर्वास नगरपालिका प्रथम, भीमदत्त नगरपालिका दोस्रो र दोधारा चाँदनी नगरपालिका तेस्रो भएका छन् । बेलडाँडी गाउँपालिकाले सान्तवना स्थान हासिल गरेको छ ।

,orning glory badhai

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विद्यार्थी बाहेक अन्य सबै पालिकाका विद्यार्थीका टीम प्रतियोगितामा सहभागी भएका छन् । सबै पालिकाका टीममा कक्षा ९ –१२ का विद्यार्थी राखिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विजेता विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लिम्ब, अतिथि काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट र सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारीले पुरस्कार र प्रमाण पत्र वितरण गरे ।

बाल संगठन कञ्चनपुरका सभापति राम बहादुर बुडाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । बाल दिवसमा जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नारा राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेयर लिम्बुले बाल अधिकार संरक्षण र संवद्र्धनका लागि सरकार जिम्मेवार हुनु पर्ने उल्लेख गर्दै बाल दिवसले बाल बालिकालाई नयाँ कुरा सिक्ने अवसर मिलेको बताए ।

dirghayi clinic

‘बाल दिवस, बालबालिका हक अधिकार सम्बन्धी कार्यक्रमबाट केही न केही नयाँ कुरा सिकिन्छ’ उनले भने,‘योसंगै बालबालिकाले पनि अनुशासन र कर्तव्यको पालना गर्न कुरा सधैैं ध्यान दिनु पर्छ ।’

कार्यक्रममा काँग्रेस जिल्ला सचिव भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी, शिक्षक उत्तम विष्ट लगायतले बाल अधिकार संरक्षणका लागि सबै पक्षले गम्भीर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष सभापति बुडाले बाल यौन दुव्र्यवहार, श्रम शोषण र सडक बालबालिकाको उद्धारका लागि बाल संगठन सधैं प्रतिवद्ध रहेको उल्लेख गरे ।

बाल अधिकारको संरक्षण र संवद्र्धनका लागि संगठन सधैं सरकारसित पहल गर्दै जाने उल्लेख गर्दैै उनले भने,‘अधिकारका लागि पहल गर्न सकिएन भने बाल अधिकार संरक्षण हुन सक्दैन ।’

कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष माधव सिह धामी लगायका विभिन्न विद्यालयका शिक्षक सहभागी भएका छन् ।

बाल संगठनका उप सभापति उमेशराज पाण्डेयले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव दिर्घराज भट्टले गरेका थिए ।

सिद्धनाथ अमर माध्यमिक विद्यालय, सार्क एजुकेशनका विद्यार्थीले कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

यसैबीच बाल संगठनले बाल दिवसको अवसरमा महाकाली अञ्चल बाल अनाथालयलाई खाद्यान्न सहयोग गरेको छ । हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमपछि खाद्यान्न सहयोग गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु सहितले सहयोग हस्तान्तरण गरे ।

Himal dental
सम्बन्धित
Loading...