ghar sansar

भीमदत्तमा कर्मचारीको जिम्मेवारी हेरफेर गर्न थालियो, मेयरको सचिवालयका नासुलाई जिन्सीको जिम्मेवारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा मेयर र उप मेयरका सचिवालयमा राखिएका दुई कर्मचारीले सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन उप शाखा (जिन्सी) को जिम्मेवारी पाएका छन् । शाखामा यस अघि कार्यरत नायब सुब्बा विष्णदत्त भट्टलाई हटाएर नायब सुब्बा नरेन्द्रदेब भट्ट र खरिदभीमदत्तमार लक्ष्मण भट्टलाई जिम्मेवारी दिइएको छ ।

उनीहरुमध्ये नरेन्द्रदेब भट्ट मेयर पदम बोगटी र लक्ष्मणदत्त भट्ट उप मेयर निलम लेखक जोशीको सचिवालयमा राखिएका थिए । जिन्सीका नायब सुब्बा भट्टलाई प्रशासन शाखामा लगिएको छ । भीमदत्तका निवर्तमान मेयर सुरेन्द्र विष्टको पालामा भट्टलाई शाखाको जिम्मेवारी दिइएको थियो ।

भीमदत्तका मेयर बोगटीले मेयरको पदभार ग्रहण गरेको तीन महिनापछि कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । निवर्तमान मेयर विष्टको सचिवालयमा कार्यरत दिनेश राज भट्टलाई सुरुमा हटाइएको थियो । उनलाई भीमदत्त नगरपालिका १८ का वडा सचिव बनाएर उनको वडाका तत्कालिन सचिव भट्टलाई सचिवालयमा ल्याइएको थियो ।

निवर्तमान मेयर विष्टको पालामा राजश्व शाखाका नायब सुब्बा भट्टलाई वडा सचिव बनाएर पठाइएको थियो । उनी बोगटी निर्वाचित भएको केही दिनमा मेयरको सचिवामा आएका थिए ।

नायब सुब्बा भट्ट जिन्सी शाखामा गएपछि मेयरको सचिवालमा स्वकीय उत्तर कुँबर बाँकी छन् । उनलाई मेयर बोगटी पदभार ग्रहण गरेको दोस्रो दिनमा नियुक्त दिएका थिए । मेयर बोगटीले जेठ ९ गते पदभार ग्रहण गरेका हुन् ।

मेयर बोगटीलाई भीमदत्त नगरपालिका ९ सचिव मनोज प्रसाद भट्ट र १६ का सचिव चन्द्रकान्त जोशीलाई पनि जिन्सी शाखामा लैजान सुरुदेखि दबाव थियो । उनले ती दबाव अस्वीकार गरी सचिवालयका नायब सुब्बालाई जिम्मेवारी दिएका छन् । भीनपा ९ का सचिव भट्टलाई विपद् व्यवस्थापन शाखामा जिम्मेवारी दिइएको छ ।

निवर्तमान मेयर विष्टले नायब सुब्बा भट्टलाई पनि सुरुमा सचिवालयमा ल्याएर पछि जिन्सी शाखा पठाएका थिए । अहिले मेयर बोगटी पनि विष्टको शैली अनुसरण गरी सचिवालका कर्मचारीलाई जिन्सीमा पठाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...