
महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द बिहीबार दोधारा चाँदनी नगरपालिकाको नगर स्तरीय कार्यकर्ता भेलामा अनुपस्थित भएका छन् । उनी भेलामा सहभागी नभएर बिहीबार घरमा बसेका छन् ।
कञ्चनपुर ३ मा एमाले राप्रपाबीच चुनावी तालमेल भएपछि उप सचिव चन्दले स्ततन्त्र उम्मेदवारी दिएका थिए । उनले बुधबार मुख्य निर्वाचन अधिकृत कार्यालय गएर उम्मेदवारी फिर्ता लिएका थिए ।

एमाले उप सचिव चन्दले एमाले पार्टीको निर्णयलाई मानेर उम्मेदवारी फिर्ता लिएको र त्यस अनुसार जिताउन लाग्ने बताएका थिए । बिहीबार आफ्नै निर्वाचन क्षेत्रमा गरिएको कार्यक्रममा भने उनी अनुपस्थित भएका छन् ।
