ghar sansar

गठबन्धन सरकार बनेपछि विकास योजना रोकिएको प्रश्नमा नाजवाफ भए मन्त्री रावल

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल विकास योजना रोकिएको विषयमा सोधिएका प्रश्नमा नाजवाफ भएका छन् ।

नेकपा एकीकृत समाजवादीको प्रदेश सभा ३ क निर्वाचन मूल परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सत्ता गठबन्धन नेतृत्वको सरकार आएपछि विकास योजनाको कार्य रोकिएको मन्त्री रावललाई प्रश्न सोधेका थिए । त्यस अघि मन्त्री रावलले अहिले रोकिएका ती ती योजनाका नाम उल्लेख गर्दै समृद्धि र विकास आउने कुरा राखेका थिए ।

ratnam malkhad

मन्त्री रावलले २०७४ को निर्वाचनपछि महाकाली अस्पताल सुधार, मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि पूर्वाधार निर्माण, महाकाली कोरिडोर निर्माण, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण र एकीकृत जाँचौकी स्थापना, घाँडीघाँचमा सिँचाई सुविधा, विद्यालय भौतिक पूर्वाधार निर्माण लगायतका योजनाबाट विकास र समृद्धि हुने बताएका थिए ।

पत्रकार सम्मेलनमा मन्त्री रावलले मन्तव्य राखेपछि पत्रकारहरुले मझगाउँ विमानस्थ, महाकाली कोरिडोर, सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र लगायतका ठूला योजनाको काम सत्ता गठबन्धनको सरकारले रोकेकाले विकास र समृद्धि आउने उपायबारे मन्त्री रावलाई सोधेका थिए । उनले ती सबै प्रश्न जवाफ नदिएर मझगाउँ एयरपोर्टको जग्गा फिर्ताका लागि पहल भई रहेको जानकारी गराए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीको तत्कालिन वाम गठबन्धनले मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली नदीमा चार लेन पुल निर्माण, छेला औद्योगिक क्षेत्र सञ्चालन, महाकाली कोरिडोर निर्माण, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणलाई चुनावी एजेण्डा बनाएका थिए । ती एजेण्डा बोकेर मन्त्री रावल सहित एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट र राज्यमन्त्री मान बहादुर सुनार निर्वाचित भएका थिए ।

एमाले विभाजनपछि एकीकृत समाजवादी भएका मन्त्री रावल अहिले फेरि प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा गरिएका काम सम्बन्धी पनि जानकारी गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...