ghar sansar

मतदाता फेर्दै फेरि चुनावी प्रतिस्पर्धामा मगर, तामाङ्गसित टक्कर

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । सत्ता गठबन्धनका विना मगर र एमालेका तारालामा तामाङ्ग मुख्य प्रतिस्पर्धी हुने देखिएका छन् ।

अघिल्लो निर्वाचनमा एक अर्काका सहयोगी बनेका तामाङ्ग र मगर अहिले प्रतिस्पर्धी भएका छन् । माओवादी केन्द्रका निवर्तमान साँसद मगरले काँग्रेसको साथ पाएकी छन् ।

ratnam malkhad

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगर अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा फराकिलो मत अन्तरले निर्वाचित भएकी थिइन् । त्यस अघि भने २०७० मा भने उनी तेस्रो स्थान हासिल गरेकी थिइन् । यस पटक उनी अघिल्लो निर्वाचनको जित जोगाउनु पर्ने बाध्यतामा पुगेकी छन् ।

अघिल्लो निर्वाचनमा उनलाई जिताउन साथ दिएका तामाङ्ग सहित माओवादी केन्द्रका पूर्व सहकर्मी बीर बहादुर थापा आफैं एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । नेकपा विभाजनपछि निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका धेरै नेता एमाले भएका छन् ।

एमालेका तामाङ्ग गाविस अध्यक्ष हुँदै प्रदेश सभा सदस्य निर्वाचित भएर प्रतिनिधि सभा सदस्य चुनाव लडेका छन् । २४ वर्षमा तत्कालिन कालिका गाविसको अध्यक्ष भएका उनी २०७० मा संविधान सभा सदस्य निर्वाचन लडेका थिए । २०७५ मा प्रदेश सभा सदस्य भएपछि उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री भएका थिए ।

निर्वाचन क्षेत्र नं. १ मा एमालेका खेम सुवेदी बागी उम्मेदवार भएका छन् । माओवादी केन्द्र छाडेकी हरिना भट्ट र जगत बहादुर सायल पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् ।

तारा लामा तामाङ एमालेबाट, दिल्लीबहादुर शाही राप्रपाबाट, देवराज जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट, नन्दकुमार राना नागरिक उन्मुक्ति र नन्दादेवी जोशी नेपाल मजदुर किसान पार्टीबाट चुनावी मैदानमा छन् । यता बिना मगर माओवादी केन्द्रबाट र रामकिसन राना लोकतान्त्रीक समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् ।

निर्वाचन क्षेत्र नम्बर–१ मा माओवादी केन्द्र, काँग्रेस, समाजवादी लगायतका दलबाट पूर्वमन्त्री मगर साझा उम्मेदवार हुन् । तर, प्रदेश सभा सदस्यमा उनीहरुबीच चुनावी तालमेल छैन् । माओवादी केन्द्रकी उम्मेदवार मगर बेलौरीमा भन्सार कार्यालय स्थापना गर्ने मुख्य योजना लिएर चुनावी मैदानमा छिन्। मन्त्री भएका बेला अधुरा रहेका खानेपानीलगायतका योजना पूरा गर्ने उनले बताइन्। तर तिहारपछि मात्र घोषणा पत्र तयार हुने मगरले बताइन् ।

‘बेलौरी भन्सारका बिषयमा एक प्रोसेस भएको थियो । दुबै देशको बिचमा छलफलसमेत भएको थियो। नेपालमा नयाँ पाँच वटा भन्सारको बिषयमा छलफल भएको थियो । अहिलेका लागि स्थगित भएका छन् । पुनः बेलौरी भन्सारका बिषयमा छलफल गरेर खुलाउँछौ,’ मगरले भनिन् ।

लालपूर्जा वितरण, कृषिमा आधुनिकिकरण, सडक, लालझाडीमा थारु÷राना होमस्टे, लालझाडी–बेलौरीमा शिलान्यास गरिएका अस्पतालको काम पूरा गर्न, ढलको व्यवस्थापन, खानेपानीका आयोजना थप गर्न, शिक्षा क्षेत्रमा बजेट विनियोजन, सरकारी विद्यालयमा भौतिक संरचना लगायतका योजना सहित चुनावी मैदानमा रहेको मगरले बताइन् ।

कञ्चनपुरमा नेकपा एमालेको संगठन अझै बलियो रहेको एकीकृत समाजवादीका नेताहरुले नै बताउने गरेका छन् । एमाले विभाजनपछि केही सँख्यामा मात्र नेता समाजवादीमा गएका हुन्। समाजवादीमा गएका नेता तारालामा तामाङ एमालेमा फर्किएर उम्मेदवार बनेका छन् ।

‘जनतालाई भोट माग्दा खेरी यही ठाउँको जनतालाई प्रतिनिधि बनाउन भनिरहेको छु । यो ठाउँको विकास र सम्वृद्धिका लागि मत मागिरहेको छु । यो ठाउँको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको उम्मेदवारलाई विजयी गराउन हाम्रा संगठनहरु लागि रहेका छन्,’ सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका तामाङले भने ।

साभार : दिनेश खबर डटमकम

Himal dental
सम्बन्धित
Loading...