दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका उम्मेदवार भीम कुमाल चुनावी घरदैलोमा व्यस्त भएका छन् । स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विभिन्न वडा तथा टोलमा पुगेर स्थानीय मतदातासंग मत माग्न मागि रहेका छन् ।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । उनले दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ३ वडाको टोल बस्तीमा घरदैलो कार्यक्रम गरेका छन् ।
सबै वडामा जनताका घरमा पुगि रहेका उनी विकासमा राजनीतिकरण भईरहेकाले आफू स्वतन्त्र रुपमा विकासका लागि लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेका थिए ।
मतदाताले दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्दै आएको सरकारको विकासको कार्य शैलीप्रति असन्तुष्ट रहेको गुनासो उम्मेदवारलाई सुनाएका छन् । मतदाताहरुले देशमा भ्रष्टाचार बढ्दै गईरहेको असन्तुष्टि सुनाएपछि उनले आफु प्रदेश सभामा पुगेपछि भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे ।
दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउदै उम्मेदवार कुमालले आफनो जनप्रतिनिधि कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका बताए । त्यसकारण आफू प्रदेश सभाको कुर्सी सम्हालेर दोधारा चाँदनी लगायत प्रदेशकै लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए ।