ghar sansar

दोधारा चाँदनीमा काँग्रेस उम्मेदवार लेखकमाथि खनिए एमालेका निवर्तमान साँसद भट्ट, भने– कञ्जभोजमा सुक्खा बन्दरगाह अध्ययनको प्राविधिक टोलीमाथि ढुंगामुढा गर्ने को थिए ? कालोझण्डा कसले देखाएको थियो ?

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद डा. दिपक प्रकाश भट्टले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउदाँ नेपाली कांंग्रेस अवरोध गरेको खुलासा गरेका छन् ।

उनले दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनका लागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरण गदैँ त्यसमा नेपाली कांग्रेसका नेता रमेश लेखकको भुमीका रहेको भन्दैँ प्रश्न समेत गरेका छन् ।

Anant bahu travels

सोमबार दोधरा चाँदनीमा आयोजित एक कार्यक्रममा बोल्दैँ निवर्तमान सांसद भट्टले भने ‘अहिले दोधरा चाँदनी सुक्खा बन्दरगाहको सपना मैले देखेको हुँ भन्नेलाई मेरो भन्नु केही छैन ।’

dirghayi clinic

उनको प्रश्न छ ‘दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि हामी जनतामाझ निरन्तर गई रहदाँ त्यसको विरोध गर्ने को थिए ? सुक्खा बन्दरगाह स्थलगत अनुगमनका लागि कञ्जभोज आएको संयुक्त टोलीको विरोध गर्ने को थिए ? कालो झण्डा देखाउने को थिए ? ढुङ्गा मुढा प्रहार गर्ने को थिए ?’

सांसद भट्टसहित नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको कञ्चनभोजमा स्थलगत अनुगमनका लागि आएको थियो । उक्त टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए । उनिहरुले टोलीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कालो झण्डा देखार विरोध गरेका थिए ।

कांग्रेस नेता रमेश लेखकले कार्यकर्ता परिचालन र स्थानीयलाई उत्स्काएर बन्दरगाहको विरोध गर्न लगाएको आरोप लाग्दैैँ आएको छ । पछिल्लो समय निर्वतमान सांसद भट्टकै पहलमा दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन रहेको क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि काम अघि बढेको छ ।

‘सुख्खा बन्दरगाह, एकिकृत जाँच चौकी र विषेश आर्थिक क्षेत्रको के हो भन्नेमा स्थानीय स्तरमा स्पष्टता थिएन्, त्यस विषयमा हामीले अघिल्लो कार्यपालिका र नगरपालिकाको टीमलाई स्थलगत अनुगमनका लागि विरगञ्ज लगेर प्रष्ट पारेका छौँ ।’ निवर्तमान सांसद भट्टले भने ‘सबैलाई बुझाएर यसबारे समझदारी बनेको छ, भविष्यमा सुदुरपश्चिमकै ठुलो सहर र व्यापारि नाका बनाउने योजना रहेको छ ।’

महाकाली करिडोरमा एक अर्व बजेट विनियोजन गरी २०६७ देखि अवरुद्ध रहेको महाकाली करिडोरको काम अघि बढेको बताउँदै उनले भने ‘दोधराचाँदनीलाई विकास मुल प्रवाहबाट पछाडी पारिएको भन्ने मान्यतालाई तोडेका छौँ, जनताको सेवकको रुपमा पार्टी र हामी काम गरेका छौँ ।’ साथै उनले कञ्चनपुर–३ मा राप्रपासँग गरिएको चुनावी तालमेल राष्ट्रिता र विकासको पक्षमा भएको पनि स्पष्ट पारेका छन् ।

Himal dental
सम्बन्धित
Loading...