

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध राष्ट्रिय स्वास्थकर्मी महासंघ कञ्चनपुरका अध्यक्ष प्रितिधिर भण्डारी नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन् ।

उनलाई सत्ता गठबन्धनको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क) उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले दोसल्ला ओढाएर स्वागत गरेका छन् ।

उनी माओवादी केन्द्रको स्वास्थ्य संगठनमा जिम्मेवारी दिने गरी प्रवेश गराइएको छ । उनी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीकी भाई बुहारी हुन् ।
माओवादी केन्द्र सम्बद्ध प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष पंकज रावलले भण्डारीलाई बधाई दिएका छन् ।

