ghar sansar

एमाले नेता चटौतले भने– सत्ता गठबन्धन स्वार्थीहरुको जमघट हो, यसले देश र जनता दुबैलाई खुसी बनाउन सक्दैन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतले सत्ता गठबन्धन स्वार्थीहरुको जमघट भएको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका चुनावी भेटघाट कार्यक्रममा उनले गठबन्धलनले देश र जनता दुःखी भएको जनाए । ‘गठबन्धन चाहिँ देशले निकास पाउँदैन, जनता खुसी बनाउन सक्दैन, अपवित्र हो’ उनले भने, ‘यो स्वार्थीहरुको जमघट हो ।’

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा उनले एमाले नेतृत्वको सरकार बनेपछि मात्रै सुखी नेपाल समृद्धि नेपालको आकाँक्षा पूरा हुने उल्लेख गर्दै एमाले उम्मेदवारलाई विकास र समृद्धिका लागि मत दिन आग्रह गरे ।

सत्ता गठबन्धनले एमसीसी र नागरिकता विधेयक लगायतका डरलाग्दा विषय अघि बढाएकाले राष्ट्रिय स्वभिमानमाथि खतरा देखिएको उनले बताए । ‘नागरिकता विधेयक र एमसीसीका कुरा दुई तीन कुरा डरलाग्दो स्थिति आयो’ उनले भने,‘स्वभिमानमा खतराका आएको कारण खतरा हो ।’

नेता चटौतले अहिलेको आवधिक निर्वाचन मात्रै नभएर राष्ट्रय बचाउने र बेच्ने खोज्नेबीचको लडाई भएको बताए । ‘यो चुनाव हिजोको जस्तो होइन, यो चाहिँ जनमत संग्रह, राष्ट्रय बचाउने र राष्ट्र बेच्नबीचको लडाई लडाई नै हो’ उनले भने, एमाले उम्मेदवार भोट हालेर देशलाई बचाउन म आग्रह गर्छु ।’

चुनावी कार्यक्रममा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट सहित समानुपातिक उम्मेदवार लक्ष्मी विक, राप्रपाका समानुपातिक उम्मेदवार शान्ता क्षेत्री, एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...