ghar sansar

दोधारा चाँदनीको बडुवाल टोलमा ठूलो संख्यामा काँग्रेस माओवादीका कार्यकर्ता एमाले प्रवेश, भन्छन्– जितेर गएपछि एक पटक पनि गाउँ आउँदैनन्, त्यस्ता पार्टीमा किन बस्नु त ?

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका नगरपालिका १ सय २० जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा आयोजित चुनावी भेटघाट कार्यक्रममा नेपाली काँग्रेंस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र गरि १ सय २० जना नेकपा एमालेमा प्रबेश गरेका छन् ।

,orning glory badhai

काँग्रेंस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले विकास र जनताका आकांक्षालाई संबोधन गर्न नसक्ने भन्दै उनीहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरुमा नरेश बहादुर मगर, बिमला सुनार, लिला देबी सुनार, जमुना नेपाली, बुद्धि सुनार, रेशम बादी, सितली बादी, जानकी औजी, हिरा औजी, चन्दा सार्की, जयकिसन भाम, नन्दबिर सुनार, तिल बहादुर क्षेत्री, सपना सुनार, दिलिप बडवाल, सुरज नेपाली, शान्ती सुनार लगाएत १ सय २० जना रहेका छन् ।

विगतमा कांग्रेस, नेकपा माओबादी केन्द्र, स्वतन्त्रमा रहे पनि दोधारा चाँदनी नगरपालिकाको भारतसंग जोडिएको सीमा बस्तीलाई काँग्रेस, नेकपा माओवादी केन्द्र, स्वतन्त्रले भोट बैंक मात्रै बनाउदै आएको उनीहरुको आरोप छ ।

dirghayi clinic

कांग्रेस, नेकपा माओबादी केन्द्र, स्वतन्त्रहरुको भोट बैंक मात्र बनाएकोले अब कसैको भोट बैंक बनेर बस्न नसकिने युवाले बताए । उनीहरुले देश र जनताको भलो गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै एमालेमा प्रबेश गरेको बताए ।

काँग्रेंसले चुनाव जितेर गएका नेताहरु कार्यकाल भरी एक पल्ट पनि गाउँमा नआएको, गाउँमा समस्या, जंगली हात्तीको आतंक, सडक, बेरोजगारी समस्या हल नगरेकोले बडुवाल टोलका युवा, युवती निराश छन् । उनीहरुले अबको निर्वाचनमा स्पष्ट परिवर्तनको एमालेमा जनमत जुटाउन समेत प्रतिबद्ध भएका छन् ।

स्थानिय युवाहरुले जनताको बहुदलीय जनवाद बिना मुलुकमा स्थायी शान्ति र समृद्धि हासिल गर्न नसकिने बताउदै नेकपा एमालेले मात्र जनताको आवाज मुखरित गर्ने युवाहरुले बताए ।

अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेकालाई एमाले र राप्रपाको सयुक्त कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार निरुपाल, प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्र बिष्ट लगाएत नेकपा एमाले र राप्रपाका नेताहरुले फुलमालाले स्वागत गरेका थिए ।

मुलुकका सबै वर्ग क्षेत्र र समुदायको समान विकास गर्न र समाज रुपान्तरणको स्पष्ट कार्यदिशा नेकपा एमाले संग मात्र रहेको नेकपा एमाले र राप्रपाको सयुक्त कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार निरुपालले कार्यक्रममा बताए ।

 

Himal dental
सम्बन्धित
Loading...