ghar sansar

अध्यक्ष ओली बाहेक अरु कसैलाई नमान्ने निर्णय गराउने कृष्णपुरका एमाले नेता रोकायाले छाडे पार्टी, माओवादी केन्द्र प्रवेश

महेन्द्रनगर । एमाले कृष्णपुरका नेता शेर बहादुर रोकाया सहितले एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरु सबैलाई आइतबार माओवादीका प्रवेश सभा सदस्यका उम्मेदवार ओम बिक्रम भाटले स्वागत गरेका छन् ।

एमाले छाड्नेमा रोकाया सहित शंकर बहादुर रोकाया, गोबिन्द विक, दल बहादुर बलायर, शेर बहादुर रोकाया, टिकादत्त उपाध्याय, कर्ण बहादुर रोकाया, भीम सार्की लगायतका छन् ।

lotus institite
daimond public

माओवादी प्रवेश गर्ने नेता रोकाया कृष्णपुरमा निवर्तमान मेयर कर्ण बहादुर हमालले वडा नं. ३ को वडा कार्यालय सबैको पायक पर्ने स्थानमा बनाएपछि असन्तुष्ट भएर असहयोग गर्दै आएका थिए । स्थानीय तह निर्वाचन अघिसम्म उनले एमालेका जिल्ला र नगर कमिटी विरुद्ध खुलेर लागेका थिए ।

एमाले नेताहरुका अनुसा रोकायाले भने अनुसारको जमिन अपायक भएपछि हमालले उनलाई असहमितका वास्ता नगरी वडा कार्यालय भवन बनाएका थिए । हमालसित असन्तुष्टि भएपछि उनले नगर कमिटी र जिल्ला कमिटी दुबैलाई बहिस्कार गरेका थिए ।

रोकायाले एमालेको वडा कमिटीबाट अध्यक्ष ओली बाहेक अन्य कमिटी नमान्ने निर्णय गराएका थिए । स्थानीय तह निर्वाचनका कारण एमालेले उनलाई कारवाही नगरी थामथुम पारेको थियो ।

स्थानीय तह निर्वाचनमा एमालेले अनपेक्षित नतिजा व्यहारेपछि रोकाया सहित नेतालाई कारवाहीको माग गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...