ghar sansar

दोधारा चाँदनीमा एमाले उम्मेदवार पालले भनिन्– हामी नामका विकासवादी हुन चाहदैनौ, विकासका काम गर्न चाहन्छौ

khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार निरु देवी पालले कञ्चनपुरको विकासका लागि सधैं भुमिका खेल्ने बताएकी छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा आयोजित चुनावी भेटघाटलाई सम्बोधन गर्दै उम्मेदवार निरुपालले एमाले नेतृत्वको सरकारले जिल्लामा ठुला विकास आयोजना सञ्चालन गरेको बताईन् । ‘हामी निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि ठुला विकासका आयोजना सञ्चालन भएका छन् ।’

उनले भनिन् ‘अरु नामका विकासवादी मात्रै हुन् हामी काम गर्छौ, त्यो यहाँका जनताले अनुभति पनि गरेका छन् । एमाले नेतृत्वको सरकारले लामो समयदेखि बन्द मझगँउ विमानस्थल पुनः सञ्चालन, महाकाली सिचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश, महाकाली करिडोर सुचारु लगायतका आयोजनाको काम अघि बढेको छ ।

त्यस्तै भीमदत्तमा ८१ किलोमिटर सागै नगर चक्रपथ निर्माण, दोधारा चाँदनीमा ८० किलोमिटर बढी कालोपत्रे गरिएको छ । साथै महिलाको हकहितका लागि लागि काम गर्दै आएकी एमाले उम्मेदवार पालले आसन्न निर्वाचनमा एमालेका उम्मेदवार सुरेन्द्र बिष्ट र आफुलाई बहुमतले बिजय बनाउनेमा आफु ढुक्क भएको बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...