
दोधारा चाँदनीमा सत्ता गठबन्धन दलका नेता कार्यकर्ता पार्टी छाड्दै एमाले प्रवेश, उम्मेदवार पाल र विष्ट सहितले गरे स्वागत
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका सत्ता गठबन्धनका नेता कार्यकर्ता पार्टी छाडेर एमाले प्रवेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका २ मा सत्ता गठबन्धन आवद्ध माओवादी केन्द्रका रेखा दमाई सहित कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
यस अघि वडा नं. ७ मा काँग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका थिए । काँग्रेसका पूराना कार्यकर्ता हरि प्रसाद बराल एमाले प्रवेश गरेपछि उनको नक्कली दस्तखत गरिएको प्रेस विज्ञप्ति सार्वजनिक गरी प्रवेश नगरेको हल्ला फैलाइएको थियो ।

माओवादी छाडेर आएका नेता कार्यकर्तालाई एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट, समानुपातिक उम्मेदवार लक्ष्मी विक र निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट लगायतले नेताले स्वागत गरेका छन् ।
