ghar sansar

दोधारा चाँदनीमा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचन लडेका दुई नेता सहित कार्यकर्ता एमाले प्रवेश

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सत्ता साझेदार माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचन लडेका दुई महिला सहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । आईतबार दोधा राचाँदनी नगरपालिका–९ लमाल टोलमा आयोजित कोण सभामा उनीहरु एमाले प्रवेश गरेका छन् ।

एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार निरुदेवी पाल, निवर्तमान सांसद डा. दिपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र विष्ट, समानुपातिक उम्मेदवार लक्ष्मी विकले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेमा माओवादीबाट दलित महिला सदस्य उम्मेदवार हरिकला सुनार, महिला सदस्य उम्मेदवार नारायणी शर्मा, स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार मानकुमारी सुनार, कांग्रेसबाट झिरकुली चदारो, सगुनी ओखेडा, विष्ना रावत र लीली धामी छन् ।

Himal dental
सम्बन्धित
Loading...