ghar sansar

दोधारा चाँदनीमा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचन लडेका दुई नेता सहित कार्यकर्ता एमाले प्रवेश

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सत्ता साझेदार माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचन लडेका दुई महिला सहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । आईतबार दोधा राचाँदनी नगरपालिका–९ लमाल टोलमा आयोजित कोण सभामा उनीहरु एमाले प्रवेश गरेका छन् ।

dirghayi clinic

Anant bahu travels

एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार निरुदेवी पाल, निवर्तमान सांसद डा. दिपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र विष्ट, समानुपातिक उम्मेदवार लक्ष्मी विकले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेमा माओवादीबाट दलित महिला सदस्य उम्मेदवार हरिकला सुनार, महिला सदस्य उम्मेदवार नारायणी शर्मा, स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार मानकुमारी सुनार, कांग्रेसबाट झिरकुली चदारो, सगुनी ओखेडा, विष्ना रावत र लीली धामी छन् ।

Himal dental
सम्बन्धित
Loading...