
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १(क) प्रदेश सभा सदस्यका एमाले उम्मेदवार बीर बहादुर थापा(पातल)ले सोमबार पनि लालझाडीमा निरन्तर घरदैलो अभियानलाई दिएका छन् ।
उनी आफ्नो निर्वाचन क्षेत्रमा लालझाडी गाँउपालिकाका विभिन्न वडा बस्तीमा घरदैलो अभियानमा छन् । थापाले शनिबारदेखि निरन्तर लालझाडीमा चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका छन ।

‘मैले लालझाडी र पुर्नवासका विभिन्न वडा बस्ती, गाँउघरमा आफ्ना चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा खटिएको छु, ‘पुनर्वास र लालझाडीमा निरन्तर चुनावी अभियान जारी गरेको छु ।’ चुनाव अभियानमा एमाले नेता कार्यकर्ता सहितको उपस्थितिमा गरिरहेको उनले बताए ।
