ghar sansar

एमाले राप्रपाका उम्मेदवार अत्यधिक मतले जित्छन् : नेता चन्द

dirghayu ad

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि कञ्चनपुरको क्षेत्र नं. ३ को प्रदेश सभा (१) मा एमालेसँग तालमेल गरी चुनावी मोर्चामा होमिएको छ। यो प्रदेश सभामा राप्रपाले पुराना नेता, सुदूरपश्चिमका अध्यक्ष तथा दुई पटक तत्कालिन महेन्द्रनगर नगर पञ्चायत अध्यक्ष भइसकेका धर्मराज जोशीलाई प्रत्याशी बनाएको छ ।

केन्द्रीय सदस्य तथा सह प्रवक्ता पूर्णबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेशको समानुपातिक सांसदका रुपमा अगाडि सारेर राप्रपा चुनाव परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेको छ ।

ratnam malkhad

प्रचारप्रसार झण्डै सकियो। कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा (१) मा राप्रपाको स्थिति के हो ?

–राप्रपाको पक्षमा जनलहर छ। यसपटक आम मतदाताले परिवर्तनको पक्षमा मत दिने मन बनाएका छन् । यस क्षेत्रमा राप्रपा र नेकपा एमालेको तालमेल छ। हाम्रा उम्मेदवारहरु अत्यधिक मतका साथ चुनाव जित्नु हुन्छ ।

राप्रपाका उम्मेदवारलाई मतदाता के भन्छन् ?

–मत माग्ने क्रममा यस क्षेत्रका सबै गाउँमा पुगेका छौं। मतदाताहरु ३२ वर्षसम्म हामीले गल्ति गर्यौं अब त्यो गल्ति दोहो–याउँदैनौं भन्छन ।

अहिलेसम्म जुन पार्टी, व्यक्तिलाई शासन र सत्तामा ल्यायौं। तिनीहरु चुनावको क्रममा मात्रै हाम्रो घरदैलोमा आए । त्यसपछि हराउने किसिमको प्रवृति छ। राप्रपाप्रति हामीले आशा गरेका छौं भन्नु हुन्छ मतदाताहरु। भ्रष्टाचारबिरुद्धको जुन अभियान छ। त्यसमा युवाहरु खुलेर हाम्रो पक्षमा लग्नुभएको छ।

यो क्षेत्रमा राप्रपा र एमालेको तालमेल छ। राप्रपाका मतदाता र एमालेका मतदाताले एकअर्कालाई मत दिन्छन् त ?

–तालमेल र गठबन्धन फरक कुरा हो। ५ दलीय गठबन्धन सत्तासम्म जानका लागि हो भने हाम्रो तालमेल चुनावी अभियानका लागि मात्रै हो।

एमालेको मत हामीले सहयोगका रुपमा लिन्छौं भने राप्रपाको मत एमालेले सहयोगका रुपमा लिन्छ। स्थानीय तहमा एक्लाएक्लै चुनाव लड्दा आएको नतिजाले पनि एमालेको सहयोग बिना राप्रपा जित्दैन्, राप्रपाको सहयोग बिना एमाले नजित्ने देखिएपछि तालमेल गरिएको हो।

राजनीतिक इमान्दारिताका साथ दुबै पार्टीका कार्यकर्ता र सुभचिन्तकहरुले तालमेलमा भएका उम्मेदवारहरुलाई मत हाल्छन्।

प्रदेशसभा (१) मा प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारहरु कुनै न कुनै समय सत्तामा पुगेका छन्। राप्रपाका उम्मेदवार पनि सत्तामा पुगेकै हुन्। सत्तामा हुँदा राप्रपाले यस क्षेत्रका लागि के ग–र्यो ?

–प्रदेशसभा (१) मा धर्मराज जोशी उम्मेदवार हुनुहुन्छ। उहाँलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिरहदा ३० वर्ष पहिला सत्तामा हुँदा उहाँले गरेका कामहरु देखेर जनताहरुले अब साच्चिकै विकास हुन्छ भन्ने आशा गरेका छन् ।

३२ वर्षमा गणतन्त्र, लोकतन्त्र तथा विभिन्न तन्त्रका नाममा राजनीतिक दलहरुले यस क्षेत्रमा शासन गरे। तर, यस क्षेत्रमा कुनै परिवर्तन आएन् । जनताको जीवनस्तरमा कुनै सुधार भएन् । अहिले प्रदेशसभा सदस्यमा धर्मराज जोशीलाई उम्मेदवार देख्दा मतदाताहरु एकदमै आशावादी देखिएका छन् ।

तपाईं पनि समानुपातिक उम्मेदवार हुनुहुन्छ। तपाईंको तयारी के छ ?

प्रदेशसभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशमा राप्रपा पार्टीको बन्दसूचिको एक नम्बरमा मेरो नाम छ। ३२ वर्षसम्म भ्रष्टाचारको यूग रह्यो। यसलाई अन्त्य गर्नुपर्छ।

नाताबाद कृपावाद, भाईभारद्धारलाई पोस्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ। हामी योजनासहित अगाडी बढेका छौं। सामानुपातिकतर्फ सबै पार्टीका मतदाताहरुको मत पाउनेमा ढुक्क छु।

अन्य राजनीतिक दलका क्रियाकलाप देखेर जनता आक्रान्त भएका छन्। अन्य दलका उम्मेदवारप्रति जनताको कुनै विश्वास छैन्। त्यसैले पनि समानुपातिकतर्फ हाम्रो पार्टीलाई मत आउँछन्।

मतदाताहरुले पनि मत दिन्छौ भनिरहनु भएको छ।

तपाईंका एजेण्डा के छन् ?

–हाम्रो प्रमुख एजेण्डा भ्रष्टाचार अन्त्य हो। भ्रष्टाचार, नातावाद, कृपावादको अन्त्यको लागि राप्रपा जनताको माझमा आएको छ ।

बेरोजगारी हटाउन, स्वदेशमै रोजगारी सृजना गर्नका लागि राप्रपाको आवश्यकता छ। युवाहरुलाई यहीँको माटोमा कृषिमा जोड्नका लागि हामीसँग योजना छ । सबै क्षेत्रको विकासका लागि हामीले योजना बनाएका छौं। सत्तामा पुगेपछि योजना कार्यान्वयन गर्छौ। युवालाई यहीँ स्वरोजगार बनाउँछौं।

राप्रपाको केन्द्रीय घोषणापत्रमा प्रदेशको संरचना खारेज गर्ने भनेको छ। तपाई आफै उम्मेदवार हुनुहुन्छ। प्रदेश कसरी खारेज हुन्छ ?

–हामी गणतन्त्र व्यवस्थाको पनि बिरोधी हो। गणतन्त्र व्यवस्था नेपालमा सफल भएन्। प्रदेश खारेजमा हाम्रो महत्वपूर्ण भूमिका हुन्छ।

प्रदेशमा राप्रपाको उपस्थिति भएन् भने प्रदेश खारेज कसरी हुन्छ? प्रदेश सरकार गठन भएकै दिन प्रदेश खारेजको नारा लिएर उपस्थित हुन्छौं। तर, देशको कानून र व्यवस्थालाई मान्दैनौं भनेर बाहिर रहनु भनेको के त हतियार उठाएर जंगल जानुप–र्यो। होइन भने यहाँको कानून र व्यवस्थालाई मानेर बहुमत खडा गरेर प्रदेश खारेज गर्छौ।

Himal dental
सम्बन्धित
Loading...