
महेन्द्रनगर । कैलालीको निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यका ८८९६ मतगणना भएका छन् । सुरुवाति परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले अग्रता कायम राखेकी छन् ।
उन्मुक्तिका चौधरीको २८३५, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १६१८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको १८८३र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमको १६९४ मत छ ।

उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन् ।
