ghar sansar

पत्रकार सम्मेलनमा बेदकोटका उप मेयर जोशीले भनिन्– पुतली बजारमा छाडा चौपाया रोकेको भनेर ममाथि लगाएको आरोप निराधार हो

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका उप प्रमुख तुलसी जोशीले नगरपालिकाले चुनेपानी पठाएका छाडा पशु चौपाया रोक्न कार्यमा आफूलाई मुछिएकोमा आपत्ति जनाउँदै निराधार हल्ला फैलाएको बताएकी छन् ।

बेदकोट नगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा उनले चौपाया रोकेको भन्दै लगाएको आरोप सत्य नभएको बताएकी हुन् । ‘नगरपालिकाबाट चुनेपानीमा राख्नका लागि लगिएका पशु चौपाया पुतली बजारमा रोक्ने काममा आफुमाथि लगाएको दोष निराधार रहेको छ, ‘उनले भनिन, ‘हामीले जनपक्र्षीय काम गर्ने हो ।’

,orning glory badhai
dirghayi clinic

उनले छाडा पशु चौपाया व्यवस्थापनका लागि कामकाज अघि बढाईरहेको बताउँदै, सहयोगका लागि अपिल गरेकी छन् ।
कार्यक्रममा मेयर बोहराले नगरपालिकाले योजना अनुसार चौपाया व्यवस्था अघि बढाएको बताए ।

‘स्थानीय किसानले नगरपालिका ल्याएका गाईगोरु चुनेपानीका व्यवस्थापन गर्न लैजाने क्रममा केही व्यक्ति समुहबाट अवरोध आएको छ,’ उनले भने,‘हामी छाडा पशु चौपाया व्यस्थापन गर्न कटिबद्ध छौँ ।’

सम्मेलनमा मेयर बोहरा सहित उप मेयर जोशी, वडा अध्यक्ष महेशराज जोशी, नरेश सिह, रतन विष्ट, कार्यपालिका सदस्य पवन नेपाली, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, काँग्रेसका नगर उप सभापति भोजराज भट्ट, एमाले नगर अध्यक्ष हरिश भाट, माओवादी केन्द्रका नगर अध्यक्ष लाल परियार लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...