ghar sansar

कृष्णपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । आफन्त नेपालको आयोजनामा श्रम शोषणसंग सम्बन्धित स्थानागमन तथा मानव बेचबिखनका सवालहरु सम्बोधनका लागि बालश्रम र लैङ्गिक हिंसा अन्त्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम कृष्णपुर नगरपालिकाको गुलरियामा मंगलबार सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा एटविन र आफन्त नेपालको सहकार्यमा सञ्चालित “बालश्रम शोषण रोकथाम : स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना” अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

mahostaw

कार्यक्रमका प्रमुख अथिति, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा मानव बेचबिखनको समस्या प्रत्यक्ष रुपमा नदेखिएपनि श्रम तथा रोजगार्रीकालागि युवा तथा महिला भारत लगायत बिभिन्न मुलुकमा जाँदा श्रमशोषण र हिंसामा प्रर्ने गरेकाले बताए ।

“महिला तथा किशोरहरु रोजागरीकालागि बाहिर जाँदा पनि प्रकारको प्रलोृभनमा नपरी राम्रो संग बुझेर जाँदा बेचबिखन र श्रमशोाषणमा पर्ने सम्भावना न्युन रहन्छ,, उनले भने ‘यसरी नबुझी जाँदा हिंसामा परेको, पारिश्रमीक नपाएको गुनासो आउने गरेको छ” उनले अगाढी भने “यहाँका बिपन्न दलित र सिमान्तकृत समुदायका बालबालिकाहरु आफ्नो परिवारको जिविकोपार्जन गर्नकालागि पनि श्रम गर्न बाध्य छन”, उनिहरुको अभिभावकलाई स्वरोजगार बनाउन सकेमा बालबालिकाहरुलाई बालश्रममा जानुपर्ने बाध्यता हट्न सक्नेछ । बालश्रम कानुनि रुपमा बर्जित भएपनि बाध्यताबस श्रममा जाने गरेको उनले बताए ।

आफन्त नेपालले कृष्णपुर नगरपालिकामा “बालश्रम शोषण रोकथाम : स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना” सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद दिदै स्थानिय सरकारसंग समन्वय र सहकार्य गरेर लक्षित समुदायकालागि कार्य गर्न सुझाव दिए ।

उनले ‘स्थानिय सरकार संग समन्वय गर्दै परियोजनाका गतिबिधि सिमान्तकृत समुदायका बस्तीमा केन्द्रित गर्नुहोस, हाम्रो सहयोग रहन्छ, सवै मिलेर सहकार्य गरी काम गरे लक्षित समुदायमा सकारात्मक परिवर्तन आउन सक्ने बिश्वास ब्यक्त गरे’ ।

त्यस्तै कायक्रमका बिशिष्ठ अथिति नगर उप प्रमुख द्रोपती रानाले गैरसरकारी संस्थापनि सरकारको सहयोगी संयन्त्र भएकोले समाजमा बिद्यमान बिभेद, हिंसा र मानव बेचबिखन तथा बालश्रम शोषण रोकथामकालागि स्थानिय सरकारसंग सहकार्य गरेर अगाढी बढ्नु पर्ने कुरामा जोड दिए ।

त्यसैगरी सहभागी वडा अध्यक्षहरुको तर्फबाट वडा नंं. २ का वडा अध्यक्ष अर्जुन साउद ले परियोजना छोटो अवधिको भए पनि परियोजनाका क्रियाकलाप बालश्रम रोकथाम तथा मानव बेचबिखनका सवाललाई न्युनिकरण गर्न सफल हुने बिश्वास ब्यक्त गरे ।

उनले भने ‘कृष्णपुर नगरपालिकामा सिमान्तकृत समुदाय, दलित, विपन्न र भुमिहिन सुकुम्वासीको बसोबास पनी बाक्लो रहेको र गरिबी र बिपन्नताका कारण जिविकोपार्जनकालागि बालबालिकाहरु बालश्रम गर्न र किशोर युवाहरु श्रम गर्न अत्तरिया, धनगढी वा भारततिर जाने गरेका छन, उनका अभिभावकलाई सिपमुलक तालिम दिई स्वारोजगार बनाउन सके, परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सके, बिपन्न बालबालिकाको बालश्रममा जाने बाध्यता अन्त्य हुने र बेचबिखनको जोखिम पनी हट्ने कुरामा जोड दिए ।

वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, नगर उप–प्रमुख द«ोपती राना, वडा अध्यक्षहरु, वडा सचिवहरु, महिला बिकास निरीक्षक, बालसंरक्षण समिति, बाल अधिकार समिति लगायत स्थानिय सामाजिक संघसंस्थाहरुका प्रतिनिधि सहभागी भएका छन् ।

कार्यक्रमका स्रोत व्यक्ति अधिवक्ता कौशिल्या ओझाले बालश्रम, सुरक्षित स्थानागमन, लैङ्गिक हिंसा, मानव बेचबिखनसंग, बालश्रम र असुरक्षित स्थानागमन तथा लैङ्गिक हिंसाको अन्तरसम्बन्ध, मानव बेचबिखन र बालश्रम न्युनिकरणकालागि बिद्यमान कानुनी प्रवधानहरु, बालश्रम र लैङ्गिक हिंसाको अवस्था तथा न्युनिकरणकालागि स्थानिय तहको भुमिका लगायतका विषयमा अभिमुखीकरण गरेकी थिईन ।

बालश्रम तथा स्थानागमनको मानव बेचबिखनसंग अन्तरसम्बन्धमा प्रष्टता ल्याई स्थानीय तहमा यी मुद्दाहरुलाई अझै प्रभावकारी ढंगले सम्बोधन गर्ने वातावरण निर्माण गर्नका लागि स्थानीय सरकार, सरकारी कर्मचारीहरु तथा स्थानिय संघसंस्थाहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरीएको आफन्त नेपालका परियोजना अधिकृत बिर बहादुर नेपालीले बताए ।

सामाजिक परिचालकद्वय गोरख सार्कीको सञ्चालन र रत्ना कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भ्एको कार्यक्रममा “बालश्रम शोषण रोकथाम : स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना” का कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पादै आफन्त नेपाल संस्था र संस्थाद्धारा सञ्चालित परियोजनाको बारेमा जानकारी प्रदान गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...