ghar sansar

वडा अध्यक्ष खत्रीले प्यारालाईसिस पीडित क्षेत्रीका लागि विदेशबाट जुटाए सहयोग, क्षेत्री परिवारलाई हस्तान्तरण

janjyoti campus

दोधारा । दोधारा चाँदनी नगरपालिकाका ५ का वडा अध्यक्ष केशव सिह खत्रीले स्थानीय भीम बहादुर राना क्षेत्रीको उपचारका लागि विदेशबाट सहयोग जुटाएका छन् ।

दुई वर्षदेखि प्यारालाईसिस र आन्द्रामा समस्याबाट पीडित क्षेत्रीको आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि अध्यक्ष खत्रीले अष्ट्रेलियामा रहेका नेपालीबाट सहयोग जुटाएका हुन् । घर परिवारले यस अघि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा क्षेत्री परिवार आर्थिक समस्या परेको हो ।

western public academy

क्षेत्री परिवारको आर्थिक अवस्था कमजोर भएर उपचार गराउन समस्या देखा परेका छ । क्षेत्रीका श्रीमती रुपा रानाले आफ्नो श्रीमानको उपचारको लागी निकै आर्थिक कठिनाई रहेको वडाध्यक्षलाई सुनाए संगै वडाध्यक्ष खत्रीको पहलमा बैदेशिक रोजगार अष्ट्रेलिया बस्दै आएका नेपालीले ५० हजार रकम सहयोग गरेका छन् ।

dirhayu

शनिबार एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । ‘भिम बहादुरजीको आर्थिक कठिनाईको कारण उपचार गर्न समेत सकस भएको अवस्थामा बैदेशिक रोजगारमा रहेका नेपालीको सहयोगमा उपचार खर्च रकम रु. ५० हजार रकम हस्तान्तरण गरेका हौं’ वडा अध्यक्ष खत्रीले भने ।

यस अघि रानालाई वडाध्यक्षले दोधारा चाँदनी नगरपालिका कार्यपालिकाबाट ३५ हजार र गाँउ, बस्तीबाट सहयोग संकलनबाट १६ हजार रकम दिलाएर उपचारमा सहयोग गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक पदम बहादुर सिंह, वडा सदस्य पार्वती सुनार, दिनेश थापा मगर, भुपु वडाध्यक्ष मोहन सुनार, नगरपालिका कार्यपालिका सदस्य सेते सुनार लगायत सहभागी भएका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको क्रिक्रेट क्लवहरुबाट रकम संकलन गरिएको कार्यक्रममा बताईएको छ । दिनेश खड्का, विवश जोरा डोटेली, दिपक बस्नेत, किशोर पन्त, दिपेन्द्र चौधरी, उत्सव ठकुरी, सफल कार्की, ईश्वर अधिकारी लगाएत अष्ट्रेलियामा रहेका नेपालीहरुले रकम संकलन गरि वडाध्यक्ष केशव खत्री मार्फत पिडित भिम बहादुर रानाको उपचार खर्चा रकम पठाएका हुन् ।

आफ्नो श्रीमानको उपचारको लागी पहल गर्ने वडाध्यक्ष खत्री र सहयोग गर्ने अष्ट्रेलियामा रहेका नेपालीलाई रुपा राना क्षेत्रीले धन्यबाद दिँदै पीडामा रहेको अवस्थामा वडाध्यक्ष खत्रीको पहल र बैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाईको सहयोग आफुले कहिल्यै नबिर्सने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...