ghar sansar

भुजलामा बाल श्रम र मानव बेचबिखन नियन्त्रणका लागि निगरानी समूह गठन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेलामा बालश्रम शोषण र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदाय स्तरमा निगरानी समूह गठन गरिएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) र आफन्त नेपालको सहकार्यमा सञ्चालित बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण पारियोजना अन्तरगत निगरानी समुह गठन गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

समाजसेवी निर्मला जोशी संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय समूहमा गणेश सुनार, कलावती भट्ट, माया कार्की, बिमला भट्ट, मोहन भण्डारी, आनन्द भट्ट, निरीक्षा ओली, दिपेश भट्ट, नविना ओली र बिनोृद भट्ट सदस्य छन् ।

मानव बेचबिखन तथा ओसारपसार र बालश्रम शोषण सम्बन्धी मुद्दाहरुमा स्थानिय व्यतिmहरु सम्वेदनशील र जिम्मेवार बनाउदै बालश्रम, मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्न निरन्तर निगरानी गर्ने उद्धेश्यले समुदाय स्तरमा समुह गठन गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा ११ नम्वर वडा कार्यालयका दलित महिला सदस्य कलावती कुमारी दयाल, वडा सचिव चेतराज पनेरु, शिक्षक गणेश सुनार, समाजसेवी निर्मला जोशी लगायत वडामा रहेका आमा समुह, बालक्लव, बालक्लव सञ्जाल, टोल बिकास संस्था, बाल संरक्षण समितिका प्रतिनिधि गरी २० जना सहभागी भएका छन् ।

श्रमम शोषण सम्बन्धी बेचबिखन समस्याहरूलाई रोक्न र सम्बोधनगर्न स्थानीय स्तरमा निगरानी समुह सक्रिय हुँदै स्थानिय स्तरमा मानवबेचबिखन, बालश्रम शोषण र स्थानागमनको रोकथाम लगायतका बिषयहरुमा समुदायका व्यतिmहरु सचेत हुदै समुदाय स्तरमै बालश्रम तथा बेचबिखनका घटना रोकिने अपेक्षा संस्थाले लिएको कार्यक्रम अधिकृत नेपालीले बताए ।

Himal dental
सम्बन्धित
Loading...