ghar sansar

बैजनाथ माविले विविध कार्यक्रम सहित मनायो ५७ औं वर्षिकोत्सव, शिक्षक, कर्मचारी र पूर्व अध्यक्ष सम्मानित

khasi

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव दिवस मनाइएको छ ।

कार्यक्रममा उत्कृष्ठ शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहितलाई सम्मान गरिएको छ । विद्यार्थीहरुले कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

western public academy

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु बेल बहादुर राना, प्रकाश रावल, मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष माधव प्रसाद भट्ट, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का र सामाजिक विकास समितिका सभापति भीनपा ४ का अध्यक्ष सुशिल भट्ट विशिष्ठ भएका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले विद्यालयको प्रगति र लेखा अधिकृत लक्ष्मण भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । विद्यालयले गत आर्थिक वर्षमा ३ करोड ४१ लाख ८८ रुपैँयाको कारोबार गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कलौनीले कार्यक्रममा विद्यालयको समग्र शैक्षिक र भौतिक अवस्था सहित विद्यालयको आगामी योजना सम्बन्धी जानकारी गराए ।

dirhayu

कार्यक्रममा विद्यालयका उत्कृष्ठ शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ । विद्यालयका खेलकूद शिक्षक राम सिह भण्डारी, सिनियर शिक्षक दिनेशराज भट्ट,कलावती भट्ट, ध्रुबराज पण्डित र प्राविधिक धारका विनोद जोशीलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँसद लेखकले दोसल्ला ओढाएर प्रंशसा पत्र प्रदान गरे ।

कार्यक्रममा विद्यालयका कर्मचारी छोटकन रानालाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । रानालाई नगद ५ हजार सहित दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको छ ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय लक्ष्मी बोहरा र जित बहादुर बोहरालाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साँसद लेखकले बैजनाथ आफ्नो जीवनका लागि निकै महत्वपूर्ण भएको उल्लेख गर्दै प्राविधिक शिक्षाको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्रराज जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन शिक्षकद्वय कलावति भट्ट र कृष्णानन्द भट्टले गरेका थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थी, भीनपा १४ का वडा अध्यक्ष भोजराज जोशी, बैजनाथका पूर्व प्रधानाध्यापकहरु बीर बहादुर चन्द, मोहनदत्त जोशी, लालमनी पाण्डेय, कबड्डीका वरिष्ठ प्रशिक्षक तारा सिह भाट,हन दत्त जोशी, पदमराज अवस्थी, महेन्द्रनगर मावि साधारण स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्ट, सत्यवादी माविका अध्यक्ष रमेश दयाल, प्रधानाध्यापक सुरेन्द्र सिह साउँद,भीमदत्त नगर शिक्षा समितिका सदस्य शमरज,भीमदत्त नगर शिक्षा समितिका सदस्य शमरजङ्ग बहादुर चन्द लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...