ghar sansar

मेधावीले मनायो १४ औं वार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थित मेधावी सेकेन्ड्री स्कुलले १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी दिवस मनाईएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौराज बहादुर लिम्बुको अध्यक्षतामा गरिएको कार्यक्रममा इन्टरनेशनल पब्लिक स्कुल सञ्चालक समितिका अध्यक्ष लिलाध्वज वस्नेत विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, प्याब्सनका सल्लाहरका हिरा चन्द, प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष सुरेन्द्रराज ओझा, वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्याब्सन जिल्ला उपाध्यक्ष महादेब भट्ट लगायतका सहभागी भएका छन् ।

विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेले विद्यालयका वार्षिक प्रगति सम्बन्धी जानकारी गराए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

     

Himal dental
सम्बन्धित
Loading...