
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन गरिएको छ। संघको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा कञ्चनपुरका यज्ञराज बैजसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
संघका उपाध्यक्षमा बैतडीका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमितप्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन भएका छन् ।
यस्तै सदस्यहरूमा सुमित बम (डडेल्धुरा), महेन्द्र कुँवर (कञ्चनपुर), राजेन्द्रबहादुर विष्ट (दार्चुला), भागरथी खत्री (अछाम), गीता महरा (दार्चुला) र विमला खत्री (कञ्चनपुर) चयन भएका छन् ।
कार्यसमितिको कार्यकाल ३ वर्षको हुने नवगठित संघका उपाध्यक्ष राजबहादुर कार्कीले जानकारी दिए ।
