ghar sansar

दोधारा चाँदनीका जनप्रतिनिधिले आफनै कार्यक्रममा देखाए अस्वभाविक हर्कत, मेयरको रिसले बिथोल्ने प्रयास

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुसित असन्तुष्ट जनप्रतिनिधिले नगरपालिकाले नै आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम बिथोल्न अन्तिमसम्म प्रयास गरेका छन् ।

कार्यक्रममा सहभागी कार्यपालिका सदस्यदेखि वडा सदस्यसम्मले कार्यक्रमलाई आक्रोश पोख्ने मञ्चका रुपमा प्रयोग गरेका छन् । केही कार्यपालिका सदस्यले मन्तव्यका क्रममा पनि आक्रोश पोखेका छन् ।

lotus institite

दोधारा चाँदनी नगरपालिकाले मंगलबार नगरपालिकाको सभा कक्षमा गत आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो । नगरपालिका आयोजक भएको सो कार्यक्रमको परामर्शदाता शुक्लाफाँटा मिडिया प्रा.लि. थियो ।

परामर्शदाताले नगरपालिकाका सबै वडामा गरेको सेवा प्रवाहको अवस्था र प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त मिश्रले गत आर्थिक वर्षको प्रगति प्रस्तुत गरेपछि सहभागीलाई आफ्नो धारणा राख्ने समय दिइएको थियो । कार्यक्रममा सहभागी सहभागीले धारणा राख्ने कार्यक्रममा विवाद भएपछि त्यसलाई साथ दिदैंँ जनप्रतिनिधि कार्यक्रम बिथोल्ने गरी अघि बढेका हुन् ।

दोधारा चाँदनीका स्थानीय रमेश भण्डारीले आफ्नो भनाई राख्ने क्रममा परामर्शताका प्रतिनिधिले भूमिका नबाँधेर सिदा प्रश्न सोध्नु आग्रह गरेपछि विवाद भएको थियो । भण्डारीलाई साथ दिँदै नगर सभा सदस्यहरु गगन सिह, कमला उपाध्यय र पूर्व नगर प्रवक्ता दिल बहादुर सिजालीले विरोधमा उत्रिए । वडा सदस्य सिहले आफू पनि नगर सभा सदस्य भएकाले किन बोल्न नपाउँदै परादर्शदाताका प्रतिनिधिसित आक्रोश पोखेका थिए । उनले कार्यक्रमको सिस्टम के हो भनेर आयोजकलाई सोधेका थिए ।

भण्डारीले केही नबोली माइक अरुलाई दिएपछि उनीहरु सबै कार्यक्रमबाट बाहिरिएका थिए । केही छिनपछि उनीहरु सबै कार्यक्रममा फर्किएका थिए ।

भण्डारीसित विवादका क्रममा हर्क बहादुर थापा र तमान सिह गुरुङ्गले पनि आक्रोशित भएर बोलेका थिए । उनीहरुलाई परामर्शदाताका प्रतिनिधिले हात जोडेर शान्त गराएका थिए ।

स्थानीय खिमा चन्दले आफ्नो धारणा राख्ने क्रममा वडा सदस्य उपाध्ययले होहल्ला गरी उनलाई नगरपालिकाको पक्षमा नबोल्ने चेतवानी दिइन् । उनीसित सहभागी अन्य केही महिलाले उनलाई साथ दिएका थिए ।

दोधारा चाँदनी नगरपालिकाको नगर स्तरीय खेलकूद विकास समितिका पूर्व अध्यक्ष थापाले मेयर लिम्बुलाई प्रधानमन्त्रीको कार्यकाल कति समय हुने भन्दै सुरुमै घोचपेच गरी प्रश्न सोधेका थिए ।

मेयर लिम्बुले सहभागीका प्रश्नको जवाफ दिने क्रममा थापाले पटक पटक उनीसित असन्तुष्टि पोखेका थिए । पराशर्मदाताका प्रतिनिधिले थापालाई हात जोडेर शान्त पारे ।

मेयर लिम्बुले कार्यक्रम समापन गर्न अघि वडा अध्यक्षहरुलाई बोल्न दिइएको थियो । दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव सिह खत्रीले सार्वजनिक सूचना नगरी कार्यक्रम गरिएको भन्दै आक्रोश पोेखे । उनले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकबाट नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए ।

मेयर लिम्बुले कार्यक्रम समापनमा कार्यालयमा एसी जडानको विषयमा धारणा राख्ने क्रममा विवादले फेरि झन ठूलो रुप लिन पुथ्यो । मेयर लिम्बु र खेलकूद समितिका पूर्व अध्यक्ष थापाबीच भनाभन भयो । मेयर लिम्बुले आफ्नो भनाई राख्दै उनीसित आक्रोश पोखे । उनले मेयर लिम्बु भएको मञ्चमा जान पटक पटक प्रयास गरेका थिए ।

daimond public

थापासंगै तमान सिह गुरुङ्ग पनि लिम्बुलाई तपाई जनप्रतिनिधि हौ भन्दै आक्रोशमा आएर विरोध गर्न थाले । केही समय भनाभनपछि थापा लगायतका कार्यक्रमबाट बाहिर निस्केपछि कार्यक्रम मेयर लिम्बुले कार्यक्रम समापन गरे ।

मेयर लिम्बु सहितका सहभागी बाहिर निस्केपछि बाहिर पनि थापा र मेयर लिम्बुबीच झण्डै हातहालको अवस्था आएको थियो । लिम्बुसंगै भएका अन्य जनप्रतिनिधिले थापालाई समातेपछि मेयर कार्यकक्षमा आएका थिए ।

मेयर लिम्बुले खेलकूद विकास समितिको अध्यक्ष बनाएका थापा नगर खेलकूद कार्यविधि बनेपछि पद मुक्त भएका थिए । उनमा आफूलाई पदमुक्त हुने गरी मेयर लिम्बुले कार्यविधि बनाएको आक्रोश थियो ।

एमालेका कार्यकर्ता थापा सैनिक सेवाबाट अवकाश प्राप्त हुन् । उनले आफ्नो कार्यकालमा खेलकूदमा १७ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ ।

थापा बाहेक अन्य भण्डारी, सिह, उपाध्यक्ष र सिजाली काँग्रेसका नेता कार्यकर्ता हुन् । उनीहरुमध्ये सिजाली र भण्डारी दुबै काँग्रेस दोधारा चाँदनी नगर समितिका पदाधिकारी छन् । सिह र उपाध्यक्ष वडा सदस्य हुन् ।

अर्का गुरुङ्ग राप्रपाका सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन्् । स्थानीय तह निर्वाचनपछि कार्यपालिका सदस्य निर्वाचनमा सहकार्य गरेका एमाले र राप्रपा दुबै मेयर लिम्बुसित असन्तुष्ट छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता भरत भट्टले परामर्शदाताले ७५ प्रतिशत नगरपालिकालाई सुरक्षित हुने गरी सेवा प्रवाहको अवस्था अध्ययन गरी प्रतिवेदन बनाएको आरोप लगाए ।

माओवादी केन्द्रका भट्ट र राप्रपाका गुरुङ्गले केही दिन अघि पशुपन्छी करको विरोधमा नगरपालिका विरुद्ध आन्दोलन गरेका थिए । उनीहरु दुबै जना आफूहरु कुखुरा व्यवसायी भएको बताउँछन् ।

दोधारा चाँदनीमा एमाले विरुद्ध सत्तारुढ गठबन्धनका काँग्रेस माओवादी बाहेक राप्रपा पनि एक ठाउँमा छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा पनि काँग्रेसकी उप मेयर गंगा जोशीलाई प्रश्न नसोधेर मेयर लिम्बुसित मात्रै निशाना बनाइएको थियो ।

कार्यक्रममा सहभागी कार्यपालिका सदस्यले मेयर लिम्बुसित व्यक्तिगत रिसिइबी साँध्ने हिसाबले कार्यक्रममा प्रश्न सोधेर विवाद झिकिएको बताए । ‘वहाँसित विभिन्न कारणले असन्तुष्टि छ, त्यसलाई अहिले कार्यक्रममा पोखिएको हो’ ती सदस्यले भने ।

मेयर लिम्बुले कार्यक्रम समापनपछि मंगलबार राति सामाजिक सञ्जाल फेसबुकबाट कार्यक्रममा भएको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

कार्यक्रममा सहभागी सर्वसाधारणले जनप्रतिनिले कार्यक्रममा विवाद गरी नगर वासिन्दाको आशामाथि तुषारापात भएको अनुभूति भएको बताए । ‘जनताको समस्या हल गर्लान, हाम्रा दुख समाधान गर्लान भनेर जिताएका हौ, यहाँ त यी आफ्नै कार्यक्रममा यसरी लडाई झगडा गर्दा रहेछन्’ ती सहभागीले भने ।

उप मेयर जोशीको नेतृत्वमा सत्ता गठबन्धका काँग्रेस, माओवादी र राप्रपाले नगर सभाबाट बजेट पारित हुन नदिने योजना बनाएका थिए । बजेट पारित नभएपछि नगरपालिकालाई समस्या पर्ने अवस्था आउने भएपछि अन्तिममा सहमति गरी बजेट पारित गरिएको थियो ।

सत्ता गठबन्धन र राप्रपाको मेयर लिम्बुले एकलौटी नगरपालिका चलाएको आरोप लगाएका छन् । मेयर लिम्बुको व्यक्तिगत हठले पनि समस्या आएको एमालेका नेताहरु बताउँछन् ।

‘मेयर साप पनि राजनीतिक रुपमा भन्दा आफरुलाई जे मन पर्छ, त्यो हठ गरी अघि जानु हुन्छ, यसले अरु मात्रै होइन, स्वयम् वहाँकै दलका जनप्रतिनिधि पनि सुन्तुष्ट छैन’ एमालेका एक कार्यपालिका सदस्यले भने,‘राजनीतिक कुटनीति अपनाएर अघि नबढ्दासम्म समस्या आउने हो, यसमा मेयर सापले नै ध्यान दिनु
पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...