
महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले दशैं तिहार र छठ पर्वको अवसरमा शनिबार चियापन सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा दिउँसो १ बजे कार्यक्रम राखिएको छ ।
एमालेका नेता कार्यकर्ता सहभागी कार्यक्रममा अन्य दललाई पनि आमन्त्रण गरिने गरिने एमालेले जनाएको छ । एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले एमाले कञ्चनपुरले २०५१ देखि बर्सेनी दशै तिहार छठको अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम हुँदै आएको बताए ।
कार्यक्रममा सहभागीलाई चियापान गराउने कार्यक्रम राखिएको बताइएको छ । एमाले कञ्चनपुरका कार्यालय सचिव अर्जुन कार्कीले कार्यक्रमको तयारी थालिएको जानकारी दिएका छन् ।
