Sarsoti

सुपृया सुपरफास्टले उचाल्यो टि १० क्रिकेटको उपाधी

lotus institute

सन्तोस पन्त
महेन्द्रनगर । बेलौरी नगरपालिका –१० भुडामा जारी टि –१० क्रिकेट प्रतियोगितामा सुपृया सुपरफास्टले ९ विकेटले उपाधी उचालेको छ । बेलौरी नगरपालिका –१० भुड युवा समाजद्वारा आयोजित टि –१० क्रिकेट प्रतियोगिताको फाइनलमा सुपृया सुपर फास्टले ९ विकेट जय दुर्गे युवा क्लबलाई हराएको हो ।

टच जितेर पहिले ब्याटिङ गरेको जय दुर्गेले अल आउट हुँदै ५८ रन मात्र बनाउन सक्यो । ५९ रनको लक्ष्य प्राप्त गरेको सुपृया सुपरफास्टले १ बिकेट गुमाउदै लक्ष्य पूरा गरेको हो ।

morning glory
Mahendranagar

फाइनल खेलमा बिजेता भएको सुपृया सुपरफास्टले २१ हजार हात पारेको छ भने उप बिजेता जय दुर्गेले १० हजार हात पारेको छ ।

प्रतियोगिताभरी बेस्ट ब्याट्सम्यान ,बेस्ट बलर र म्यान अफ द सिरिज सुपृयाका धिरज राई भएका छन् भने बेस्ट फिल्डर जय दुर्गेका हिमान्शु भट्ट भएका छन् ।

यही कार्तिक २७ गतेदेखि मङ्सिर ३ गते सम्म भगवानपुर मा विको खेल मैदानमा टि ज्ञ–१० क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो ।

saark school
सम्बन्धित
Loading...