
महेन्द्रनगर । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले पोखरामा जारी केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुने प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।
टोलीमा नारायण जोशी उप कप्तान सहित खडक बोहरा, वसन्त सिंह कार्की,वसन्त खत्री,आयुब चन्द, किरण कुमार ठगुन्ना, गजेन्द्र बोहरा, विकास आग्री,सुरज तिरूवा,अभिषेक पाल,नरेन्द्र साउँद ,कैलाश ऐर र भोजराज भट्ट छनौट गरिएका छन् । यस्तै भरत चन्द, विरेन्द्र बम,सुशील रावल,खगेन्द्र जोशी वैकल्पिक खेलाडी भएर सहभागी हुने बताइएको छ ।
मंसिर २ गतेदेखि क्यानमा आवद्ध प्रदेशका ८ जिल्लाका २६ खेलाडीको बन्द प्रशिक्षणपछि टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ । समूह ‘सी’ मा सुदूरपश्चिमसंगै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् । सुदूरपश्चिमले मङ्सिर ११ गते पहिलो खेल मधेस प्रदेशसँग रहेको छ ।
