सुदूरपश्चिम प्रदेश स्तरीय चेस प्रतियोगितामा इन्टरनेशन च्याम्पियन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरीय खुला ¥यापिड चेस प्रतियोगितामा इन्टरनेशन पब्लिक स्कुलका सार्थक पन्तले प्रथम स्थान हासिल गरेका छन् । कञ्चनपुर जिल्ला चेस संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ इन्टरनेशनका पन्त प्रथम भएका छन् ।

पन्त कक्षा ७ मा अध्ययनरत छन् । यसैगरी प्रतियोगितामा रेडियन्ट स्कुलका अनिश रोकाया दोस्रो, इन्टरनेशनल स्कुलका अशोक खड्का ते्रस्रो र सोही विद्यालयका नैतिक बैज चौथो र न्यू सरस्वती विद्या मन्दिरका पियुस पन्त पाँचौ भएका छन् ।

प्रतियोगितामा छात्रातर्फ यिसिका भट्ट पं्रथम र कलक लुहार द्वितीय भएका छन् । खुलातर्फ कृत बहादुर जोरा, आदेश भट्ट, उमेश भट्ट, पवन अवस्थी, अर्जुन पाण्डेय क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ भएका छन् ।

प्रतियोगितामा ८८ खेलाडीले भाग लिएका थिए । उनीहरुमध्ये ४ खेलाडी नेपाल रेकिङ्गका खेलाडी थिए ।

 

सम्बन्धित
Loading...