आमा बुवाको वैवाहिक वर्षगाँठ, छोरीलाई बीमा उपहार

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका ८ कोटिगाउँका डम्बर सिह ठगुन्ना र जन्ति साउद ठगुन्नाले आफ्नो वैवाहिक वार्षिकोत्सवमा छोरीलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाट ५ लाख बिमाङ्कको बाल अमृत तीन बीमा पोलिसी उपहार दिएका छन् ।

छोरी अपेक्षाको भविष्यका लागि उनीहरुले वार्षिक रुपमा ३५ हजार ३ सय जम्मा गर्ने गरी बीमा बनाई दिएका हुन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनीका प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच भएको बताए ।

सम्बन्धित
Loading...