ghar sansar

प्रधानमन्त्रीले संसदमा विश्वास मत लिँदै

महेन्द्रनगर । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ । बैठक सुरू हुने बित्तिकै सांसदहरूले बोल्न समय माग गरेका थिए।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद शंकर भण्डारीलाई बोल्न समय दिए । उनले देशभर बाढीपहिरोले क्षति पुगेको विषय उठाएका छन् ।

mantra hos123

त्यसपछि सांसद दामोदर पौडेल बैरागी बोलेका छन्। उनले देशभर बाढीपहिरोले क्षति पु¥याइरहेको र मुलुकमा सरकार नै नभएको अवस्था रहेको दाबी गरेका छन् ।

सांसदहरू बोलेपछि शुक्रबारकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विश्वासको मत प्रस्ताव पेस गर्ने तयारी छ ।

एमाले र जनता समाजवादी पार्टीलगायतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास मत लिन लागेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...