ghar sansar

सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य सिफारिस

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू सिफारिस भएको छ । प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य र आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई सिफारिस गरिएको नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिइन् ।

dirghayi clinic

सभामुख देवराज घिमिरे नेतृत्वमा रहेको सिफारिस समितिले सोमबार आचार्य, विष्ट र भण्डारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र भण्डारी प्रेस काउन्सिलकी सदस्य थिइन् ।

सिफारिस समितिमा सभामुख, सूचना तथा प्रविधि मन्त्री र पत्रकार महासंघ रहने व्यवस्था छ। सिफारिस समितिले आचार्य, विष्ट र भण्डारीको नाम सञ्चार मन्त्रालयमा पठाएको छ । अब मन्त्रिपरिषदबाट निर्णय भएपछि प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त हुनेछन् ।

Himal dental
सम्बन्धित
Loading...