ghar sansar

रक स्टार र टीभी स्टारले जिते देश युक्रेन हुन सक्छ – कञ्चनपुर ३ का राप्रपा उम्मेदवार चन्द

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का राप्रपा उम्मेदवार पूर्ण बहादुर चन्दले रक स्टार र टिभी स्टारले जिते देश युक्रेनी अवस्था आउने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि बुधबार उम्मेदवार दर्तापछि पहिलो बिहीबार साँझ चन्दले पत्रकार सम्मेलन गर्दै फागुन २१ गतेको चुनाव जित्नलाई मात्रै नभएर देश र देशको अस्तित्वसित जोडिएको बताएका हुन् ।

‘भदौ २३ र २४ गतेको आन्दोलन के कसरी भएको थियो, त्यसका पछाडि को को थिए। के त्यो आन्दोलन नेपालीले गरेका हुन्, हाम्रा धरोहर सिंहदरबार जलाएर ध्वस्त पारियो, त्यसमा विदेश समूहका नाम पनि आए, त्यसैले त्यो आन्दोलनमा विदेशको पनि हात रहेछ भन्ने प्रष्ट छ’ उनले भने, ‘त्यस कारण जनताले सोच समझ गरी मत हाल्नु पर्नेछ, रक स्टार र टीभी स्टारको हातमा परे भोलि हामी पनि युक्रेनको जस्तो अवस्थामा पुग्न सक्छौ ।’

देशलाई युक्रेनी अवस्थामा पुगाउन नदिन मतदाताले अत्यन्त गम्भीर भएर विवेक प्रयोग गरी मतदान गर्न पर्ने उम्मेदवार चन्दले बताए ।

‘युक्रेनमा के भयो, हास्यकलाकार जिताएर अहिले युक्रेनको हालत त्यस्तो भएको छ, हामी पनि त्यस्तै अवस्थातिर जान सक्छौ’ उनले भने ।

dirghayi clinic

भदौ २४ गतेको जेनजी आन्दोलमा लुटिएका हतियार र फरार कैदीबन्दीका कारण चुनावी वातारण शंका गर्न पर्ने अवस्थामा भएको चन्दले उल्लेख गरे ।

‘उम्मेदवारी दर्ता गरी चुनावी प्रक्रियामा होमि सकेका छौ, तर पनि अझै चुनावी वातावरण ठिक छैन, शान्ति पूर्ण रुपमा चुनाव हुनेमा अझै शंका छौ’ बुधबार पत्रकार सम्मेलनमा उनले भने ।

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ नगर्न र सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता नहुनले चुनावी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको चन्दले बताए ।

राप्रपाका केन्द्रीय सदस्य एबम् केन्द्रीय सह प्रवक्ता चन्दले कञ्चनपुर ३ लाई नमूना बनाउने लक्ष्य लिएर उम्मेदवारी दिएको बताए ।

वर्षौदेखि सत्तामा बसेका दलहरुका कारण जनता असन्तुष्ट भएको र नयाँ राष्ट्रिय शक्तिको आशमा बसेकाले यस पटक कञ्चनपुर ३ मा राप्रपाले जित्ने चन्दले दाबी गरे ।

राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी सहित नेताहरु तिर्थराज चटौत, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, कमल चन्द लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् । राप्रपा केन्द्रीय सदस्य चटौत कञ्चनपुर २ बाट उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...