

ए भाइबन्धु आमा र दिदी ,मलाइ नमार
धर्मको अर्थ बुझेर हजुर, मतिलाइ सपार ।
मेरो नि बाँच्ने हक छ त ,हजुर यो कुरा बुझन
सात्विकी पुजा गरेर सधैं, देवता पुजन ।
देवी र देवता मासु र रगत ,कसरी खालान र
स्वर्गको बाटो यस्ता जीव भक्षी ,कसरी जालान र ।

कुन शास्त्र पुराण ,वेद र गीता ,बली गर भन्दछ
अकृत्य कुरा जतिमा तिम्रो ,मन किन पर्दछ ?
के साँच्चै तिम्रो मनले पनि ,मार हान्न रमाँउछ
तिम्रा ति प्यारा सन्तानको बली ,भए लौ के हुन्छ ?
मेरा नि घरमा तिँ बुवा आमा , तिँ दिदी रुदै छिन
तँ पापी मुर्ख नरकमा जालास, भनेर भन्दै छिन ।
‒अमित प्रसाद भट्ट
भीमदत्त न.पा.७ हल्दुखाल,राममन्दिर टोल, कञ्चनपुर ।
कार्यरत ःबेलौरी नगरकार्यपालिकाको कार्यालय, कञ्चनपुर
मो.९८४८७४४५३५
