ghar sansar

शाही कालको त्यो प्रेस, शाह कालको यो प्रेस

khasi

रनि विवश

शाही शासन कालमा पत्रिका तयार गरी प्रेसमा पठाउन अघि पाण्डुलिपी बोकेर जिल्ला प्रशासन कार्यालय पुगाएका दिन अझै झलझली आउँछन् । प्रशासन कार्यालय लगेर पत्रिकामा छापिने विषय देखाएर फर्किने काम केही दिन पाएका थिए । सिकारु पत्रकार भएकाले मलाई त्यो बेला चर्चाका दुई शब्द सेन्र र सेन्सरसीपबारे बाहेक बुझेको थिएन । मैले प्रशासन कार्यालय लगेर पत्रिका देखाउनलाई सेन्सर र सेन्सरसीप भन्छन् होला भनेर पत्रिका

जिल्ला प्रशासन कार्यालयको पूरानो भवनको तल्लो तलामा प्रशासकीय अधिकृत केशब दत्त जोशीलाई पाण्डुलिपि देखाउन पथ्र्यो । जोशीले सबै हेरि सकेपछि ठिक छ भनेपछि फिर्ता हुन्थे । रातो पेन लगाएको ठाउमा करेक्सन गरिन्थ्यो । त्यो बेला प्रशाकीय जोशी सरकारी सम्पादक जस्ता थिए । अर्को दिन प्रकाशन हुने सबै समाचार जोशीले हेरेर ओके भएपछि मात्रै छाप्नलाई प्रेसमा पठाइने गरिन्थो ।

म फारवेस्ट दैनिकमा रिपोर्टिङ्ग गर्थे । म एक हिसाबले लेगमेन रिपोर्टर अर्थात सिकारु संवाददता थिए । सम्पादकले अह्राएको ठाउँमा गएर सूचना खोजेर ल्याउने र कार्यालय आएर कागजमा लेखेर सम्पादकलाई बुझाउने गरिन्थ्यो । लेखक निकै जटिल लाग्थ्यो । सम्पादकको डरले जसोतसो लेखेर टेबल छाडेर बाहिर निस्कन्थे । दोस्रो दिन सम्पादकले काँटछाँट गरी बाइलाइन राखेको देख्दा भने हिजो सबै डर एकै छिम्टीमा हराएर जान्थ्यो ।

त्यहीं बेला शाही घोषणा भएपछि प्रशासन कार्यालयका सम्पादकसम्म पत्रिका बोकेर जाने जिम्मा पाउन पुगे । कम्प्युटर अपरेटरले पूरै पत्रिका ए फोर कागजमा प्रिन्ट गरेपछि त्यसलाई लगेर केही दिन प्रशासन कार्यालय लगेर सेन्सर गराएको थिए । अर्को साप्ताहिकका पनि एक दुई अंक सेन्सर गराएको सम्झना छ ।

डेराबाट निस्केर महेन्द्रनगर बजार पुगेर मदन चोक पुग्दा २०६१ माघ १९ गते शाही घोषणा भएको भएको थियो । काठमाडौतिर सेनाले पत्रीकाका कार्यालय पुगेर समाचार हेरि रहेको र मिडियामा सेना तैनाथ भएको कुराकानी सुन्ने गरिन्थ्यो । त्यो बेला अहिलेको जस्तो सूचना थाह पाउन सजिलो थिएन ।

खासमा मलाई पनि पत्रिका प्रशासन कार्यालय लगेर फाइनन गर्न पर्ने कारण थाह थिएन । सेन्सर भन्थे । सेन्सरसिप लागू भएको छ भन्थे । यति चाहिँ सुन्थे । सरकारले आफू बिरुद्धका समाचार सूचना जनतासम्म पुग्न नदिन सेन्सरसिप लगाएको कुरा पछि थाह भयो ।

एक हिसाबले त्यो प्रेसका लागि कहालीलाग्दो अवस्था अवस्था थियो । यो बेला पत्रकारिता शाही शासन र तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको भूमरीमा फसेको थियो । साझदेखि लाग्ने कफ्र्युले कार्यालयबाट छिटो डेरा फर्किनु पर्ने अर्को बाध्यता थियो ।

यो अवस्था धेरै दिन टिकेन । २०६२÷०६३ को जन आन्दोलनले शाही शासन ढल्यो । मुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रवेश गर्दै नया युगमा प्रवेश गर्यो ।

नया संविधान अनुसार ३०७४ मा पहिलो आम निर्वाचन भएर यसलाई संस्थगत गर्ने प्रयास थालिएका छ्न । पछिल्लो फगुन २१ को चुनावले नया राजनीतिक शक्ति दुई तिहाई मत सहित सत्तामा आएको छ । यस अघि २०७४ मा तत्कालीन एमाले माओवादीको बाम गठबन्धनले पनि दुई मत ल्याएको थियो ।

समाचारका बिषयलाई लिएर शुक्रबार राजधनीका बिभिन्न संचार माध्यम पत्रकार पकाउ र धरपकडले शाही काल भन्दा खतरनाक झल्को दिएको छ । मिडियाका कार्यालय पसेर समाचार कक्षमा अनाधिकृत चियोचर्चो। पत्रकार पक्राउ, धरपकड, सञ्चार उपकरण नियन्त्रण प्रयास, समाचार कक्षमा अनावश्यक अवरोध लगायत प्रेस बिरोधी हर्कत गरिएका छन् ।

dirghayi clinic

यी सबैको पछाडिको मकसद सत्तालाई पत्रकारलाई सूचना दिने स्रोत पत्ता लगाउन र स्वतन्त्र प्रेसलाई स्वनियन्त्रणमा राख्ने कुचेष्टा मात्रै हो । जन आस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउपछि कार्यालय र घरमा खान तलासी गरी सञ्चार उपकरण बरामद गरिएको घट्नाले राज्यको नियत छर्लङ्ग भई सकेको छ । शुक्रबारको घट्ना त्यसको पछिल्लो घटना हुन पुगेको छ ।

आखिर राज्य पत्रकारलाई सूचना दिने स्रोत पत्ता लगाएर के हासिल गर्न चाहन्छ । यो गम्भीर प्रश्नको जवाफ राज्यले दिन चाहेको छैन । सूचना दिने स्रोत पत्ता लगाउन पत्रकारका पछाडि लाग्न भन्दा संचार माध्यमले उजागर गरेका बिषयमाथि छानविन गरी कमी कमजोरी सुधार गर्दै जानु पर्ने होइन र ।

पत्रकारले स्रोतको सधै संरक्षण गर्छ । त्यो पत्रकार र पत्रकारिताको सबैभन्दा ठूलो दायित्व हो । स्रोतसित धोकाधडी, बेइमानी र बिश्वासघात गर्ने कुरा हुनै सक्दैन । राज्यले स्रोतको अनुहार हेर्ने समय व्यर्थै खर्च गरि रहेको छ अत्युक्ति नहोला ।

पत्रकार खेम भण्डारी शाही कालका कट्टर आलोचक थिए । अभियान दैनिक पत्रीकाले महेन्द्रनगरमा शाही सत्ता हायलकाल भएको थियो । तत्कालीन महाकाली अञ्चलाधिश महेन्द्र मान व्यथितको अँखाका कसिङ्गर बन्न पुगेका थिए भण्डारी ।

आखिर भण्डारीले उनलाई टेलिकम अघिको ह्ववाइट हाउसबाट भागेर जादासम्म सूचना प्रवाह गरे । पत्रकार भण्डारी ज्यान जोखिम पारी एक्लै शाही सत्ता बिरुद्द लागेका थिए । भण्डारीले तत्कालीन सत्ताले बनाएका स्थानीय निकायका प्रमुखका पद आयाराम गयाराम बनाई दिएका थिए ।

यति हुदासम्म भण्डारी पक्राउ गरिएको समाचार लेख्ने दिन आएन । शाही सत्ता ढलेर अर्को नया युग आयो । शाही कालसित लडेका उनै पत्रकार भण्डारी गणतन्त्र आएपछि दुई दुई पटक जेल पुगे । पछिल्लो पटक भण्डारीले केही महिनादेखि सौर्य दैनिकमा सम्पादकको जिम्मेवारी लिएका छ्न ।

शुक्रबार प्रहरीले मिडिया कार्यालय पुगेर धरपकड गरेपछि सौर्य दैनिकमा सत्ताले मिडियासित गर्ने व्यवहार बारे लामो लेख लेखेका छन् । सामाजिक संजालमा उनले भनेका छ्न– लेखेकै कारणले धमाधम पत्रकार पक्राउ ! गर्न के खोज्या होला ?

पत्रकार भण्डारी सहित अग्रज पत्रकारसित शाही कालमा तत्कालिन महाकाली अन्चल प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा सहभागी हुने मौका पाएको थिए । त्यो बेला अञ्चल प्रहरी कार्यालयलाई क्षेप्रका भन्ने गरिन्थ्यो । शायद माधव नेपाल एसएसपीले त्यो पत्रकार सम्मेलन गरेका थिए । एसएसपीले पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका थिए ।

अग्रज पत्रकार भएको सम्मेलनमा मैले सोध्ने कुरा थिएन । धेरै जनाले जिज्ञासा राखे । पत्रकार भण्डारीले सम्मेलन व्यक्त कुरा नोट मात्रै गरेको देखेको थिए । दोस्रो दिनको पूरै अभियान दैनिक भरि समाचार छापिएका थिए ।

प्रहरी वरिष्ठ अधिकारीको सम्मेलनबाट छापिएका ती समाचारले तत्कालीन शाही सत्ता भित्र हलचल मच्चिएको थियो ।
गणतन्त्र आएपछि पत्रकार धरपकड गर्ने र प्रेसलाई तर्साएर आफू अनुकूल बनाउने प्रयास पटक पटक दोहोरिएका छ्न । प्रेस बिरोधी हर्कत दोहोरिदै शुक्रबारको घट्नासम्म पुगेको छ ।

प्रेसको काम सरकारको बिरोध गर्न नभई सूचना प्रवाह गरी खबरदारी गर्न हो । यसलाई राज्यले आफू बिरोधी भएको चश्माले हेर्दा शत्रुतापूर्ण व्यवहार गर्ने अवस्था आएको हो । सभ्य, सुसंस्कृत, पारदर्शी, जवाफदेहिता र जिम्मेवार राज्य बनाउन प्रेसको भूमिका बिना सम्भव नै हुदैन ।

स्वतन्त्र प्रेस र प्रेस स्वतन्त्रताका लागि राज्यले भनेर मात्रै हुदैन, व्यवहारमा देखाउने साहस गर्न आवश्यक छ । कलमसित डराउने र कलमलाई तर्साउने दुबै थरी काम बन्द गर्ने ग्यारेन्टी राज्यले लिन सक्छ कि सक्दैन । हेर्दै जाऔ के हुन्छ आगामी दिनमा ।

Himal dental
सम्बन्धित
Loading...