ghar sansar

भारतमा अध्ययन गराउने पश्चिमी नाका पुगाएपछि उद्धार गरिएका हुम्लाका २५ बालबालिका घर परिवारलाई जिम्मा

khasi

महेन्द्रनगर । भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काइएका बालबालिकालाई हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको छ ।

dirghayi clinic

भारततर्फ लैजाँदै गर्दा गड्डाचौकी नाकाबाट फिर्ता गरिएका उनीहरूलाई विभिन्न निकायको समन्वय र पहलमा आज हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।

बालबालिकालाई सुरक्षित रूपमा घर फर्काउन शान्ति बाल पुनःस्थापना गृह महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पहल गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको आवश्यक सहयोग र समन्वयमा जिल्लामा ल्याइ आज परिवारको जिम्मा लगाइएको उनको भनाइ छ ।

सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढा तथा गाउँका अगुवाको सहयोगमा सबै बालबालिकालाई सकुशल जिल्ला पु¥याएर अभिभावकको जिम्मा लगाइएको हो ।

Himal dental
सम्बन्धित
Loading...