

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालमा तेस्रो वडा स्तरिय कबडी प्रतियोगिता शुरु भएको छ ।
भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालय र दिपज्योती क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन भीमदत्तका मेयर पदम बोगटीले गरेका छन् ।
उद्घाटन खेलमा भीनपा ८ वडा भीनपा ७ को टीम ए ले विजयी शुरुवात गरेका छन् । भीनपा ७ का अध्यष गणेश बहादुर चन्दको अध्ययक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ ।

भीमदत्तका उप मेयर निलम लेखक जोशी सहित भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ३ का वडा अध्यक्ष गगन सिह धामी, ९ का वडा अध्यक्ष गगन कार्की, ८ का अध्यक्ष मदन मिश्र, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष महेश पन्त, कबड्डीका पूर्व राष्ट्रिय प्रशिक्षक तारा सिंह भाट, कबड्डी प्रशिक्षक बिष्णुदत्त भट्ट, पूर्व शिक्षक बिर्ख बहादुर मल्ल लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा लोक देउडा गायक लक्ष्मण अधिकारी र रेखा जोशीले साँगितक प्रस्तुति गरे । क्लबका सचिव भीम कार्की र महाकाली जनसेवा माविका शिक्षक भगिरथ पाण्डेय कार्यक्रम सञ्चालन गरेका थिए ।
तीन दिनसम्म चल्ने प्रतियोगितमा ९ टीम सहभागी भएका छन् ।
क्लबका अध्यक्ष राज बहादुर चन्दले प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार, ५सय ५५रुपैया, ३३ हजार, ३सय ३३रुपैया र सान्ताना दुई टिमलाई १५ हजार, ५सय ५५रुपैया सहित मेडल ट्रफि प्रदान गरिने जानकारी दिए
